Friday Jan 09, 2026


About Us

हाम्रा कार्यक्रमहरु...

Business Fourm

वागमती टेलिभिजनवाट प्रशारण हुने समग्र अर्थतन्त्र सम्वन्धी विशेष कार्यक्रम । विजिनेश फोरम Business Fourm । यो कार्यक्रम हप्ताको एक पटक हरेक शुक्रवार बेलुकी वाग्मती टेलिभिजनबाट नियमीत प्रसारण भई रहेको छ । वरिष्ठ पत्रकार गोपाल बस्नेतले सन्चालन गर्ने यो कार्यक्रममा उद्योग र लगानीको वातावरण निर्माणमा सघाउने । उद्योगी व्यवसायी र सरकारलाई सकरात्मक परिणामका लागि स्वच्छ मञ्च प्रदान गर्ने । उपभोक्ता तथा सरोकारवाला पक्षलाई सुसुचित तथा सशक्त बनाउने । सम्वन्धित निकायसंग नजिकको सम्पर्क कायम गर्ने र सरोकारवाला सबैसँग तार्किक बहश गर्दै, सवल अर्थतन्त्र निमार्णमा भुमिका खेल्ने सामाग्रीहरु समावेश हुने गरेका छन् ।

कार्यक्रम सम्बृद्धिको बाटो (Samridhi Ko Bato)

सम्बृद्धिको बाटो कार्यक्रम सातामा २ दिन मंगलबार र विहिबार नियमीत प्रसारण भई रहेको छ । कार्यक्रमको विशेष फिचर आधा घन्टाको रहने छ भने वहशमुलक कार्यक्रम ५५ मिनेटसम्म रहने गरेको छ ।  बेलुकी ८ बजे प्रसारण भई रहेको यो कार्यक्रमको प्रस्तोता तथा उत्पादक कृष्ण तिमल्सिना र भौतीक मल्ल रहनु भएको छ । 

कार्यक्रम सम्बृद्धिको बाटो बागमती टेलिभिजनको एक विशेष कार्यक्रम हो । जसले तल्लो तहका जनताको आवाज उठान गर्दै आएको छ । यो कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारले तर्जुमा गरेका जनताको चुल्हो चौकोसँग जोडीएका विषयहरु उठाईदै आएको छ । यो कार्यक्रम मुख्यत स्थानीय स्तरमा देखिएका, सुरु भएका, तर्जुमा भएका तथा नागरिकको सरोकार रहेका विषय, योजना र सन्दर्भहरु समेटीने छन् । विकृति र विसंगतिको उठान सँगै हामी यस कार्यक्रम मार्फत सकरात्मक खवरदारी अनि रचनात्मक सामाग्री तयार पारेर प्रसारण गर्दै आएका छौं । यो कार्यक्रम मुलुकको सम्बृद्धिको मार्ग चित्र पहिचाहनका लागि कोशे ढुंगा बन्छ भन्ने हाम्रो विश्वास हो । स्थानीय स्तरका संभावनाको उजागर गर्ने, प्रोत्साहन गर्ने र नकरात्मकताको विरुद्धमा जनतालाई सशक्त खवरदारीका लागि प्रेरित गर्ने यो कार्यक्रम को उत्पादन तथा छायांकनका लागि वाग्मती टेलिभिजनले आवाश्यक साधन र श्रोत सहित पूर्वी नेपाल र पश्चिम नेपालका विभिन्न जिल्लामा दुई अलग अलग विशेष टोली परिचालन गरिरहेको छ । पूर्वी व्यूरोको जिम्मा कृष्ण तिमल्सिनाले सम्हाल्ने र पश्चिम व्यूरोको जिम्मा भौतीक मल्लले सम्हाले गरि गएको भदौ ६ गतेदेखि दुबै टोली विशेष अभियानका साथ टोल–टोलमा पुगेर सामाग्री अनुसन्धान, छायांकन तथा कार्यक्रम उत्पादनमा क्रियाशिल रहेको जानकारी गराईन्छ । यो मुलुकका ७५३ वटै पालीकासम्म पुगेर सम्बृद्धिकको संभावना पहिचाहन गर्ने अभियान हो । यो कार्यक्रम कै कारण दुर दराजका जनताको आवाज हामीले कार्यक्रम मार्फत प्रसारण गरिरहेका छौं र स्थानीय तथा प्रदेश सरकारलाई जनपक्षीय योजना तर्जुमा गरि सोही अनुसार जनसहभागीतामुलक कार्यक्रम पारदर्शी रुपमा सम्पन्न गर्न हामीले दवाव श्रृजना गर्दै आएका छौं । गाउँ गाउँमा वाग्मती टेलिभिजन हेर्नुपर्छ भन्ने हस्तक्षपकारी सन्देश प्रवाह भएको छ

Energy Talk 

वागमती टेलिभिजनवाट प्रशारण भई रहेको उर्जा विशेष कार्यक्रम हो ईनर्जी टल्क  Energy Talk . यो कार्यक्रम हप्ताको एक पटक हरेक मंगलबार वेलुकी ९ बजे देखि १० बजेसम्म प्रसारण भई रहेको छ । वरिष्ठ पत्रकार गोपाल वस्नेतले सञ्चालन गरिरहनुभएको यो कार्यक्रममा उर्जा क्षेत्रको विकाससँगैै लगानीकर्तालाई उत्प्रेरित गर्ने विषय तथा सम्वन्धित निकायलाई आफ्नो भनाई राख्ने मञ्च प्रदान गरिंदै आएको छ । समग्र उर्जा क्षेत्रको विकास तथा लगानी प्रवद्र्धनका निम्ति सम्वन्धित निकायसंग नजिकको सम्पर्क कायम गर्दै सर्वसाधारणलाई सुसुचित गराउनु यो कार्यक्रमको मुख्य लक्ष्य रहेको छ । जसमा उर्जाका विभिन्न क्षेत्र खासगरि जलविद्युत, अन्य बैकल्पिक उर्जा, सरकारको नीति, लगानीकर्ताको धारणा, राष्ट्रिय र अन्तराष्ट्रिय गतिविधि लगायतका विषय वस्तुमा केन्द्रित भई एक अथवा आवाश्यकता अनुसार त्यो भन्दा बढी अतिथिसँग सामुहीक छलफल मात्र गरिंदैन,  छलफलको विषयबस्तु केन्द्रित विशेष रिपोर्ट समेत समावेश गरिन्छ ।