Friday Jan 09, 2026


About Us

पत्रकारीतामा सबैभन्दा कान्छो विधा हो अनलाईन । जसको लोकप्रियता अहिले तुलना गर्नै नसक्ने तहमा पुगेको छ । कम्प्युटर र फोनको माध्यमद्वारा गरिने सन्देश सम्प्रेषण नै अनलाईन वा इन्टरनेट संचार हो । हामी त्यही अनलाईन संचारको एउटा यात्री हौं । हामी परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौति दिन सक्षम भइसकेको यही अनलाईन पत्रकारीताको विकास र विस्तारमा तिव्रता दिन वाग्मती रफ्तार मार्फत तपाईं पाठकसंग जोडीएका छौं ।

सन् १९६९ मा अमेरिकी रक्षा विभागको अनुसन्धान विभागबाट सुरु भएको कम्प्युटरको नेटवर्क अर्पानेट र सन् १९९२ मा सुरु भएको अमेरिकाको शिकागो ट्रिव्यन अनलाईन कै विकसित् पुस्ता हो वाग्मती रफ्तार । वाग्मती रफ्तार, वाग्मती टेलिभिजनको प्रसारण साझेदार अनलाईन सेवा समेत हो । जसले सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन इतिहासको समेत मर्म र भावना बोकेको छ ।

हामी, सशक्त सञ्चार माध्यका रुपमा विकास भएको टेलिभिजनको महत्व र गरिमालाई सम्मान गर्दै विश्वभर भएका जुनसुकै घटना, परिघटनालाई प्रसारण सामाग्री बनाउँछौं र त्यसको लिखित् सामाग्री यस वाग्मती रफ्तारमा पढ्न सकिने छ । अर्थात वाग्मती टेलिभिजनमा जहाँ जे भइरहेको छ, त्यो कुनै पनि फेरबदल बिना नै हेर्न सकिन्छ, र वाग्मती रफ्तारमा पढ्न सकिन्छ । सत्य–तथ्य र निश्पक्ष सञ्चार माध्यमको भुमिका निर्वाह गर्न हामी प्रतिवद्ध छौं ।