ब्राजिल दंगा : प्रहरी कमान्डर बर्खास्त, वर्तमान र पूर्व उच्च सरकारी अधिकारीहरू पक्राउ
January 11, 2023
नेपालि खबर
एजेन्सी । ब्राजिलमा दंगा मच्याउने उच्च सरकारी अधिकारीलाई पक्राउ गर्न न्यायीक अधिकारीले आदेश दिएका छन् । ब्राजिलमा आइतबार राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालत सहित कयौँ सरकारी भवनमा आक्रमण भएको थियो ।चुनावमा पराजित भएका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकले गरेको आक्रमणको विश्वभरबाट आलोचना भइरहेको छ । यो आक्रमणमा केहि वर्तमान र केही पूर्व उच्च सरकारी अधिकारी सामेल रहेको सरकारले जनाएको छ । ब्राजिलका न्यायीक अधिकारीले दंगा मच्याउने नेतृत्व गर्ने उच्च अधिकारीको खोजी गरिरहेको बीबीसीले जनाएको छ। सैन्य प्रहरीका पूर्व कमाण्डर रहेका एक अधि...