काठमाडौ । नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै क्षेत्रमा लगानी गरे कारबाही हुने चेतावनी दिएको छ ।
राष्ट्र बैंकले एक विज्ञप्ति जारी गर्दै विदेशी विनिमय ऐन २०१९ को दफा १० (क) ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको स्मरण गराएको छ । राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैले विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिनेसम्बन्धी कार्य नगर्न र नगराउन सचेतसमेत गराएको हो ।
‘‘विदेशमा लगानी हुनेगरी घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार यस बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने छ,’ जारी बिज्ञप्तिमा भनिएको छ ।

Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay