Tuesday Apr 21, 2026


भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमले घटाएन

Image
१९ चैत २०७९, आइतवार
Avatar
नेपालि खबर

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको छ ।


१५/१५ दिनमा आउने मूल्य सूचीअनुसार भारतले पेट्रोलियम पदार्थको मूल्य घटेर पठाएकाे हाे । नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको छ ।


यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १‍.७४ रुपैयाँ घटेर आएको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ ।


हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम छ ।


भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको नेपाल आयल निगमले जनाएको छ । यसका साथै, खाना पकाउने एलपी ग्याँसको मूल्य समेट घटेर आएको छ ।

Advertisement

सम्बन्धित खबर