काठमाडौं । नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ । भारतका लागि नेपाली राजदूत डा।शङ्कर शर्माले नेपालबाट चार सय ५० मेगावाट बिजुली भारतमा निर्यातका लागि आवश्यकपर्ने प्रसारण लाइनको विस्तार गर्न भारत सकारात्मक रहेको र नेपालमा उन्नत ९हाइब्रिट० जातका पशु लगेर व्यावसायिक पशुपालन बढाउन छलफल भइरहेको बताए ।
भारतको ग्रेटर नोइडास्थित गौतमबुद्ध विश्वविद्यालयमा जारी सार्क पत्रकार मञ्च एसजेएफको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली पत्रकारको प्रतिनिधिमण्डलसँग नयाँदिल्लीस्थित दूतावासको कार्यालयमा कुराकानी गर्दै राजदूत डा शर्माले अमलेखगञ्जबाट चितवन हुँदै झापासम्म पेट्रोलियम पदार्थको पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन हुने जनाए । उनले नेपालले माग गरेअनुसार हवाई रूट थपका लागि दई देशबीचको प्राविधिक समूहको बैठक हुनुपर्ने र लामो समयदेखि थन्किएका मुद्दाको समाधानका लागि उच्चस्तरीय भ्रमणको आदानप्रदान र संवाद हुनुपर्ने बताए ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay