Thursday Sep 10, 2026


अस्तव्यस्त शहरको पर्यायः काठमाडौ उपत्यकाको निर्मम तस्विर

Image
२१ माघ २०७९, शनिवार
Avatar
नेपालि खबर

काठमाडौ । सडकमा ट्राफिक व्यवस्थापन हुन नसक्नु त काठमाण्डाै उपत्यकाका लागि सामान्य नै भइसक्यो ।

सडकका खाल्डाखुल्डी नागरिकले वास्तै गर्न छोडिसके, रहरले होइन, सरकारको अटेरीपनले । घरबाट बाहिर निस्किएर गाडी चढ्ने बित्तिकै कुनबेला कुन चोकमा जाम पर्ने हो पत्तै हुँदैन ।  सडकैपिच्छे ट्राफिक पूर्वाधारहरुको अस्तव्यस्त स्वरुप प्रशस्तै देखिन्छन् र भेटिन्छन् ।

ट्राफिक पूर्वाधारहरुको अस्तव्यस्तताले दिनप्रतिदिन सडक दुर्घटना बढिरहेका छन् । कतै सडकमा बत्ती नै राखिएको छैन भने कतै सडक सुरक्षाका सामग्रीहरु जथाभाबी फालिएको छ । नो पार्किङ लेखिएका बोर्डहरु सडकको कुनामा भाँचिएर फालिएको छ भने सडकको बीचमै अस्तव्यस्त रुपमा सडक सुरक्षासम्बन्धी सामग्रीहरु फालिएका हुन्छन् । सडक छेउको बारहरु भत्किएपछि मर्मतसम्भार नै वर्षौँसम्म हुँदैन । ट्राफिक बत्ती छ तर प्रयोगमा आएका छैन वा बिग्रिएको ट्राफिक बत्ती छ ।

यस्ता समस्या काठमाण्डाै उपत्यकाका धेरै सडकमा देख्न पाइन्छ ।  आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सडकको दुर्दशासम्बन्धी यी तस्बिरहरु ।

 

Advertisement

सम्बन्धित खबर