Wednesday Sep 09, 2026


लुम्बिनीमा गिरीको सरकारलाई समय हुँदाहुँदै मुख्यमन्त्रीमा कांग्रेसको दाबी ?

Image
१२ चैत २०७९, आइतवार
Avatar
नेपालि खबर

नेपाली कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबि पेश गरेका छन्।

माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिए लगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। 

उनले ५४ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका हुन्।

आजै ६ दलले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए।

मन्त्रीहरुले मुख्यमन्त्रीलाई राजीनामा बुझाएपछि प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर समर्थन फिर्ता लिएको जानकारी गराएका थिए।

नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएका हुन्। फिर्ता लिनेमा एक स्वतन्त्र सांसद पनि छन्।

दाबी पेश भएपछि प्रदेश प्रमुख शेरचनले संवैधानिक प्रक्रिया अनुसार अघि बढ्ने बताए।

Advertisement

सम्बन्धित खबर