Tuesday Apr 21, 2026


अमेरिकामा शक्तिशाली आँधी, २१ जनाको मृत्यु

Image
१९ चैत २०७९, आइतवार
Avatar
नेपालि खबर

एजेन्सी। काठमाडौं : दक्षिण तथा मध्यपश्चिमी अमेरिकामा आएको शक्तिशाली आँधीबाट कम्तीमा २१ जनाको मृत्यु भएको छ। 


कयौँ राज्यलाई असर पुग्ने गरी आएको आँधीबाट घरहरु भत्किएको र बिद्युत अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन्। अर्कान्ससमा तीव्र रुपमा चलेको हावाले एउटा गाडी पल्टिँदा ५ जनाको मृत्यु भएको छ। यस्तै टेनेसीमा ७, इलिनोइसमा ४ तथा इन्डियानामा ३ जनाको मृत्यु भएको छ। यस्तै अलबामा र मिसिसिपीमा पनि मानवीय हताहति भएको छ। 


अर्कान्ससमा गभर्नर सारा हुकाबी स्यान्डर्सले संकटकाल घोषणा गरे। अमेरिकाको राष्ट्रिय मौसम सेवाले अझै तीव्र गतिमा हावा चल्ने र खराब मौसमले थप प्रभाव पार्ने सम्भावना रहेको चेतावनी दिएको छ। 


अमेरिकाको पावरआउटेज वेबसाइटका अनुसार ओहियो र पेन्सिलभेनिया राज्यसहित कयौँ राज्यमा झण्डै ६ लाख मानिस विद्युतविहीन भएका छन्। रुखहरु ढल्दा सडकसमेत अवरुद्ध भएका छन्।

Advertisement

सम्बन्धित खबर