घुमन्ते जीवन विताउने भेडिगोठालाहरु चरण क्षेत्रमा घास सकिएपछि गोठ सार्छन् । भोजपत्र, त्रिपाल र ढुँगाले छाएको गोठ बनाएर बस्छन्
घुमन्ते जीवन विताउने भेडिगोठालाहरु चरण क्षेत्रमा घास सकिएपछि गोठ सार्छन् । भोजपत्र, त्रिपाल र ढुँगाले छाएको गोठ बनाएर बस्छन् । एक दुई महिनालाई पुग्ने खाद्यान्ह आफन्तले पु¥याइदिन्छन् । भेडाको दूध, मकैको आटो, ढिडो, जंगलमा पाइने च्याउ, निगालाका टुसा, निउरोको तरकारी उनीहरुको दैनिक भोजन हो । भेडाको ऊनले बुनेको राडि पाखि ओड्ने , ओछ्याउने गर्छन । राडिपाखिले जमिनको पानी जीउमा पर्न दिदैन । जसबाट रागन र नसा सम्बन्धि रोग लाग्न पाउदैन । हिमपात भएको बेला न्यानो बनाउन ठूला मुडा जोडेर गोठमा आगो बाल्छन् । छिटो छिटो सार्नु पर्ने भएकाले गोठ व्यवस्थित भने हुँदैन् ।
‘लेकमा जाडो बढेपछि भेडा आफैँ पनि क्रमशः ओरालो झर्छन्, औलमा गर्मी बढेपछि फेरी उकालो चढ्छन्, ओरालो झर्न मान्दैनन्, भेडालाई अनुकूल हुने गरी जाडोमा औलतिर र गर्मीमा हिमाली भेगतिर गोठ सारिन्छ,’ भक्तबहादुरले भने । उनीहरू जस्तै जिल्लाका भेडापालक सबै किसानले उच्च भेगतर्फ गोठ सार्दै लगेका छन् ।
प्रायः उच्च पहाडी तथा हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र धेरै गर्मी पनि मन पराउँदैनन् । कात्तिकदेखि फागुनसम्म उच्च क्षेत्रमा अत्यधिक सिचो हुने भएकाले हिमाली भेगबाट गोठ औल क्षेत्रमा सार्ने गरिन्छ । मौसमको ढाँचा र हावापानीमा हुने परिवर्तन अनुसार गोठ कहाँ कहाँ राख्न उपयुक्त हुन्छ, सोहीअनुसार नै गोठ सार्ने र राख्ने चलन छ ।
भेडी गोठका इमान्दार सिपाही
भेडाको बथान अनि पाटन र जंगलको बास । चिसो छल्न बेसी झर्दा होस या गर्मी छल्न लेक ओसार्दा भेडाहरु चोरी हुने, हराउने र जंगली जनावरको आक्रमणमा पर्ने डर भेडापालकलाई हुने गर्दछ । तर जुम्लाका भेडापालक किसानलाई भने डर छैन । कारण, उनीहरुलाई गोठैपिच्छे भोटे कुकुरको पहरा हुन्छ । चिसो ठाउँ र भोटमा पाइने हुँदा भोटे कुकुर भनिएको हो । भेडी गोठको इमान्दार सिपाहीको रुपमा किसानहरुले भोटे कुकुरलाई साथमै राख्ने गरेका छन् । भेडालाई विभिन्न जंगली जनावर तथा अन्य आक्रमणबाट जोगाउन गोठै पिच्छे भोटे कुकुर पाल्ने गरेका छन् ।
यो भेटे कुकुर यति ज्याद्रो हुन्छ यसले बाघ, स्याल, चिल,नाउटुटो लखेट्छ र भेडालाई जोगाउँँछ । भोटे कुकुर बिना कुनै पनि भेडी गोठ सुरक्षित नहुने भेडी गाेठाला बताउछन् । एक जना भेडापालक किसानसँग ४ वटासम्म भोटे कुकुर हुन्छन् । यी कुकुरहरु भेडी गोठको वरिपरि पहरा दिएर बसेका हुन्छन् । भेडालाई बथानबाट बाहिर जान नदिन, बाहिरबाट हुन सक्ने आक्रमण र चोरी रोक्न उनीहरु चनाखो बनेर बसेका हुन्छन् । पहाडको कुना कन्दरामै सिमित भेडिगोठालाको समाचारले पछिल्लो समय सञ्चारमाध्यममा महत्वपूर्ण स्थान पाउन थालेको छ । हेरौं केही तस्विर








Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay