Wednesday Sep 09, 2026


किशोरी नाबालिग थिईनन्, त्यसैले छुटे सन्दीपः तर सन्दीपले क्रिकेट खेल्न पाउछन् ?

Image
२९ पुष २०७९, शुक्रवार
Avatar
खेलकूद ब्युरो

२९ पौष ।   बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने २० लाख धरौती बुझाएर निश्चित् शर्त सिमामा रिहा भएका छन्  । बिहीबार उच्च अदालतका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिए अनुसार लामिछाने शुक्रवार धरौटी राखेर अदालत्ले खोजेको समयमा हाजीर हुने गरि छुटेका हुन् । उनि धरौटीमा रिहा भएपछि एउटा स्वाभाविक प्रश्न उठेको छ, अव के उनि खेल जीवनमा फर्किएलान् ?

सन्दीपलाई बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन कात्तिक १८ मा आदेश दिएको थियो । त्यसपछि उनका वकिलले उच्च अदालत पाटनमा पुनरावेदनको मुद्दा दायर गरेका थिए । सन्दीप माथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो ।

उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको छ । अदालतले यथाशिघ्र सन्दीपको राहादानी रोक्का गर्न गृह मन्त्रालय र पराराष्ट्र मन्त्रालयलाई समेत जानकारी दिएको छ । यदि सन्दीप काठमाडौं उपत्यका छाड्दा जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जवाफ दिनु पर्ने समेत जनाएको छ । काठमाडौं छाड्ने र फर्किने मितिसँगै त्यो स्थानमा रहने नाम समेत जनाउनु पर्ने हुन्छ ।

सन्दीपले क्रिकेट खेल्न पाउने वा नपाउने भन्ने अदालतको आदेशमा उल्लेख छैन । नेपाल क्रिकेट संघ ९क्यान० ले क्रिकेट टोलीको कप्तानबाट सन्दीपलाई भदौं २३ मा निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले अन्तिम फैसला समेत गरेको छैन । यो अवस्थामा सन्दीप क्रिकेट खेल्न पाउँछन् वा पाउँदैनन् स्पष्ट छैन । क्यानले कुनै कानुनी अड्चन नआएको खण्डमा सन्दीपलाई खेलाउने सोच बनाएको छ । तर, उनले खेल्न पाउने नपाउने विषयमा क्यान आफै निर्णय लिन सक्ने अवस्थामा पुगिसकेको छैन ।

‘उच्च अदालतको आदेशमा खेल्न पाउने वा नपाउने विषयमा बोलेको छैन । सन्दीपले खेल्न पाउन भन्ने सदासयता हाम्रो हो’, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ”तर हामीले यो विषयमा आदेशका बारेमा कानुन व्यवसायीसँग छलफल गर्छौ । उच्च अदालतले सन्दीपका विषयमा दिएको आदेशको विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीलाई पत्र नै पठाएर परामर्श लिन्छौं र अर्को अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेरेरमा उनका बारेमा निर्णय लिन्छौं ।”

तर केहि कानुन व्यवसायी भने सन्दीपले तत्काल खेल्न नपाउने बताउँछन् । ‘अदालतमा विचाराधिन गम्भीर फैजदारी अभियोग लागेको खेलाडीले राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्न पाउँदैन’, एक कानुन व्यवसाहिले भने ।

उच्च अदालतको फैसला सन्दीप धरौटीमा छुट्न पाउने वा नपाउने भन्ने हो । सन्दीप दोषी हुन् वा होइन् भन्ने अन्तिम निर्णय भने होईन । सन्दीप दोषी हुन् वा होईन् त्यो भने जिल्ला अदालत काठमाडौंले फैसला गर्नेछ । सन्दीप विदेश जान पाउँदैनन् । स्वदेशमा हुने प्रतियोगिता खेल्न पाउने वा नपाउने भन्ने मात्रै अन्योल देखिएको हो ।

केन्या जानुअघिल्लो दिन भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् । सन्दीपले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मासमर्पण गरेका थिए ।

कात्तिक १८ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो । सन्दीपले पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । वीरगन्जको नारायणी अस्पतालले किशोरी नाबालिग नरहेको प्रमाण पठाएको थियो ।

Advertisement

सम्बन्धित खबर