Tuesday Apr 21, 2026


भीमफेदीमा द्रूत मार्गको साढे दुई किलोमिटर सुरुङ बन्दै

Image
२५ कार्तिक २०७९, शुक्रवार
Avatar
नेपालि खबर

पौष २६ मंगलवार । राष्ट्रिय गौरवको योजना काठमाडौं-निजगढ द्रूत मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका- ८, स्थित सुरुङ निर्माणको काम धमाधम भइरहेको छ ।
१२ मिटर चौडाइ तथा झण्डै साढे २ किलोमिटर लम्बाइको दुईतर्फी सुरुङ द्रूत गतिमा निर्माण भइरहेको सुरुङ खन्ने जिम्मा लिएको चाइजिन निर्माण कम्पनीलाई उदृत गर्दै भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । हाल निर्माणाधीन सुरुङमध्ये द्रूत मार्गको यो सुरुङलाई देशकै सबैभन्दा ठूला भएको दाबी गरिएको छ ।

नेपाली सेनाको नेतृत्वमा चाइनिज निर्माण कम्पनीले द्रूत गतिमा सुरुङ निर्माणको काम गरिरहेको हो । भीमफेदीमै पर्ने मकवानपुर र ललितपुरको सीमाना बागमती दोभानबाट द्रूत मार्गलाई मदन भण्डारी मार्गसँग जोड्न यसअघि बागमती प्रदेश सरकार र भीमफेदी गाउँपालिकाले पहलसमेत गरेको थियो ।

प्रकाशित मिति:  शुक्रबार, पुस २२, २०७९

Advertisement

सम्बन्धित खबर