काठमाडौ । पुस २५ मा बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका शालिकराम जम्कट्टेलले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन् । त्यसका लागि दिउँसो साढे १२ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
बैठकमा मुख्यमन्त्रीले जम्कट्टेलले विश्वासको मत लिने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेल ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
यस्तै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिए ।
बुधबार मुख्यमन्त्रीमा नियुक्त भएकायादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई ६२ जना सांसदको समर्थन छ ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay