Tuesday Apr 21, 2026


मधेसका मुख्यमन्त्री यादवसहित थप तीन मन्त्रीले लिए शपथ

Image
२९ पुष २०७९, शुक्रवार
Avatar
मधेश ब्युरो

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका छन् ।

मुख्यमन्त्रीसँगै आज तीन मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले पनि शपथ लिएका छन् । तीनैजनालाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।

शपथग्रहण समारोहमा जसपा अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय संसदीय दलका नेता रामसहाय प्रसाद यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी थिए ।

Advertisement

सम्बन्धित खबर