Saturday Jun 06, 2026


नवजात शिशुको मृत्यु भएपछि अस्पताल तोडफोड

Image
३१ असोज २०७९, सोमवार
Avatar
नेपालि खबर

दमक : चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आक्रोशित समूहले तोडफोड गरेको छ। आक्रोशित समूहले प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का र श्रीमती रोशा कट्वाललाई आइतबार राति १०ः३० बजे शल्यक्रियामार्फत पुत्रलाभ भएको थियो।

मंगलबार बिहानसम्म  सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुमा समस्या देखिएपछि समयमै उपचार नहुँदा नवजात शिशुको मृत्यु भएको पीडित खड्काको आरोप छ। सुत्केरी आमाको अवस्था जटिल भई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रहरी नायब उपरीक्षक गिरीको पहलमा पीडित पक्ष र अस्पताल प्रशासनबीच आज दिउँसो छलफल भई सहमति भएको बताइएको छ। आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश शर्माले शिशुको उपचारमा सक्दो प्रयास गरे पनि बचाउन नसकेको भन्दै दुःख व्यक्त गरे।

Advertisement

सम्बन्धित खबर