Tuesday Apr 21, 2026


भगवान कै भरोसाः धन्न उडेका छन् यी विमान

Image
२५ फागुन २०७९, बिहिवार
Avatar
AIuthor 5

घटना  एक....

विहिवार, काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाज इन्जिनमा समस्या आएपछि आकास मै आगोको संकेत देखियो । धादिङको आकाशमा उडिरहेका बेला जहाजको इन्जिनमा ‘फायर वार्निङ’ अर्थात आगो लागेको संकेत देखिएपछि विमानलाई तत्काल काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । ७२ जना यात्रु सहित विमानमा ७८ जना सवार थिए । 

घटना दुई....



यही फागुन १८ गते, नेपालगञ्जबाट बाजुराको कोल्टीका लागि यात्रु बोकेर उडेको तारा एयरको जहाजको ढोका कोल्टी विमानस्थल नजिक पुगेपछि आकास मै खुल्यो । विमानको ढोका खुलेको थाहा पाएपछि विमान तत्काल अवतरण गरियो, ठूलो दुर्घटना हुन पाएन ।

घटना ३....



२०७८ साल माघ २ गते, नेपाली आकाशमा अर्को यस्तै अनौठो घटना भयो । काठमाडौंबाट पोखरा उडेको गुण एयरलाइन्सको जहाजको यात्रु चढ्ने ढोका आकाशमै खुल्यो । काठमाडौबाट उडेको ५ मिनेट मै जहाँजको ढोका आकास मै खुलेपछि विमान तत्काल काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको थियो । जहाजमा १५ यात्रुसहित चालक दलका तीन सदस्य सवार थिए । 

घटना ४....


२०७८ साल साउन २७ गते, सुर्खेतबाट कार्गो ढुवानी गरिरहेको सीता एयरको डोनियर जहाज हुम्लाको सिमकोट विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भयो । जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेर धावन मार्गको किनारामा पुगेको थियो ।।

घटना ५....


२०७८ साल असोज ११ गते, ७३ जना यात्रु लिएर विराटनगरका लागि उडेको बुद्ध एयरको विमान अवतरणको तयारी गर्दा दायाँतर्फको पाङ्ग्रा खुलेन । पाङ्ग्रा नखुलेपछि विमान, काठमाडौ र विराटनगरको आकासमा झण्डै २० फन्को घुम्यो र करिव एक घण्टापछि काठमाडौं विमानस्थलमा सुरक्षीत अवतरण भयो ।

घटना ६....


२०७६ साल चैत १५ गते, काठमाडौंबाट नेपालगन्जका लागि उडेको नेपाल एयरलायन्सको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर क्र्यास ल्याण्ड भयो । विमान झडिमा पुगेर रोकीयो तर सबै यात्रु सकुशल रहे । विमान रनवे भन्दा करिव ३५ मिटर पर झाडीमा पुगेर अड्कीएको थियो । 

घटना ७....


२०७५ साल असार ३ गते काठमाडौंबाट पोखराका लागि उडेको  यति एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा हाइड्रोलिक फेल भएर चिप्लीएर घाँसे मैदानमा पुग्यो । जहाजमा रहेका चालक दल र २० जना यात्रु सवार थिए ।

घटना ८....



२०७४ साल कार्तिक २० गते, भैैरहवास्थित गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलायन्सको विमान अवतरण गर्ने क्रममा पछिल्लो टायर पन्चर भएर धावन मार्ग मै धसियो । विमान दुर्घटनामा परेपनि कुनै मानवीय क्षति भएन ।।

घटना ९....


२०७४ साल चैत ४ गते यती एयरलाईन्सको जहाज भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा अगाडिको चक्का नखुलेपछि उक्त जहाज धावनमार्गको बिचमै रोकियो । काठमाडौंबाट भैरहवा विमानस्थलमा अवतरण भएको उक्त जहाज धावनमार्गमा रोकिएपछि क्रेन लगाएर धावनमार्गबाट बाहिर हटाउनु परेको थियो । 


घटना १०....


२०७३ साल भदौ २७ गते, दिल्लीबाट १६० यात्रु लिएर काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमान उडान भरेको ३२ मिनेटमै समस्या आएपछि भारत मै फिर्ता भयो । विमानको पखेटा नखुलेपछि विमानको अवतरण गरिएको थियो । अवतरण गर्ने क्रममा विमानको टायर समेत पड्किएको थियो ।

नेपाली आकास र नेपाली आकासमा उड्ने विमान सेवा कुन स्तरका छन् भन्ने जिज्ञासाका लागि माथिका यी प्रतिनिधि घटना नै पर्याप्त छन् । आईकाओ अथवा युरेपेली युनियनले नेपाली आकास असुरक्षीत् छ भन्ने आक्षप उसै लगाएका छैनन् । किनकी, दुर्घटना भएका दृष्टान्त त छैदै छन् । त्यो भन्दा बढी दुर्घटनाको मुखैमा पुगेर पटक पटक जोगीएका यी विमानले दोहो¥याउने उस्तै उस्तै हर्कतका कारण, नेपाली आकासको छवी निरन्तर धमिलो बनिरहेको छ ।


Advertisement

सम्बन्धित खबर