काठमाडौं:नेपाली राष्ट्रिय क्रिकेट टिमले एकदिवसीय क्रिकेट (ओडीआई) अन्तर्राष्ट्रिय वरीयतामा तीन स्थान सुधार गरेको छ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा तीन स्थान सुधार गर्दै १६औं स्थानमा आइपुगेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले गएराति सार्वजनिक गरेको वरीयतामा नेपाल १६ औं स्थानमा उक्लिएको छ। र, नेपालले नामिबिया, अमेरिका, यूएई र पपुवान्युगिनीलाई पछि पारेको छ। नेपालभन्दा पछि रहेको नामिबिया १७ औं, अमेरिका १८औं, यूएई १९औं र पपुवा न्युगिनी २०औं स्थानमा छन्।
नयाँ ओडिआई वरीयतामा भारत शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा छ। एसोसिएट राष्ट्रतर्फ स्कटल्याण्ड सबैभन्दा माथि १२औं स्थानमा छ।
विश्वकप सुपर लिग खेलिरहेको नेदरल्याण्ड्स १४औं स्थानमा छ। लिग टूको दोस्रो स्थानमा रहेको ओमान नेपालभन्दा माथि १५ औं स्थानमा छ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay