Tuesday Apr 21, 2026


सुनको मूल्यले बनायो नयाँ रेकर्डः एक लाख १० हजार रूपैयाँमा कारोबार

Image
५ चैत २०७९, आइतवार
Avatar
आर्थिक ब्युरो

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ७ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २९ सय रूपैयाँले बढेर एक लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।


यो मूल्य हालसम्मकै उच्च हो । यसअघि माघ १९ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो ।


तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।


त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ३५ रूपैयाँले बढेर १ हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

सम्बन्धित खबर