Tuesday Apr 21, 2026


आन्तरिक ऋण उठाउन १५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

Image
२१ फागुन २०७९, आइतवार
Avatar
आर्थिक ब्युरो

काठमाण्डाै - आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ ।


त्यस्तै ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल तथा १८२ दिन अवधिको सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ ।


जारी  ट्रेजरी  बिल  २८  दिनको  चैत  २१  गते  परिपक्व हुनेछ । ९० दिन अवधिको जेठ २३ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको आउँदो भदौ १९ गते परिपक्व हुनेछ । यो ट्रेजरी बिल आज दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ ।


बोलकबोलमा बैङ्क तथा वित्तीय संस्था र सर्वसाधारण नागरिक पनि सहभागी हुन सक्ने राष्ट्र बैङ्कले जनाएको छ।

Advertisement

सम्बन्धित खबर