Tuesday Apr 21, 2026


सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा गठबन्धनको सरकार बन्दै

Image
२७ पुष २०७९, बुधवार
Avatar
नेपालि खबर

वागमती प्रदेश व्यूरो । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दाबी पेश गर्ने समय सीमा आज सकिँदै छ।

प्रदेश प्रमुख देवराज जोशीले दिएको समयअनुसार साँझ ५ बजेसम्म मुख्यमन्त्रीसहित नयाँ सरकार गठनका लागि दाबी गरिनेछ।

५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने दलको सरकार बन्ने पक्का छ।

सुदूरपश्चिममा एमाले, माओवादीले आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको छ । सहमतिअनुसार पहिलो कार्यकाल एमालेले नेतृत्व गर्नेछ ।

एमालेबाट आज संसदीय दलका नेता राजेन्द्र रावलले गठबन्धनबाट मुख्यमन्त्रीको दाबी पेस गर्दैछन् । अर्को कार्यकाल माओवादीबाट खगराज भट्ट मुख्यमन्त्री बन्नेछन् ।

यस्तै, कर्णाली प्रदेशमा आज नयाँ सरकार बन्ने भएको छ ।आज बेलुकी ५ बजेभित्र माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

सत्तारुढ दलको सबैभन्दा ठूलो दल माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्न लागेको हो। नेकपा एमाले असन्तुष्ट छ । एमालेले मुख्मन्त्री आलोपालो हुनुपर्ने माग गरेको छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १४ सिटका साथ प्रतिपक्षमा बस्ने भएको छ। कर्णालीमा माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एकर एकजना छन् ।

आजै लुम्बिनी प्रदेशमा नेकपा एमालेले सरकार बनाउने भएको छ । केन्द्रको सहमति अनुसार एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका हुन् ।

लुम्बिनी प्रदेश प्रमुखले अपराह्न ४ बजेसम्मको समयमा दुई वा दुई दलभन्दा बढी सांसदको समर्थनमा सरकारका लागि दाबी पेस गर्न समय दिएका छन् । ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ जनाको आवश्यक्ता पर्छ । हालको सत्तासाझेदार दलसँग ५२ प्रदेश सभा सदस्य छन्।

सत्तारुढ दल एमालेका २९, माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नागरिक उन्मुक्तिको ४४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ५३ सांसद छन् । स्वतन्त्रबाट जितेका एक जना पुनः माओवादी केन्द्रमा फर्किएका छन् ।

Advertisement

सम्बन्धित खबर