Saturday Jun 06, 2026


सिँधुवा बजारमा आगलागी हुँदा ६ घरमा क्षति

Image
३० पुष २०७९, शनिवार
Avatar
नेपालि खबर

धनकुटा संवाददाता । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा हिजो बेलुका आगलागी भएको छ ।

सन्तोष राईको घरबाट सुरु भएको आगोले बजारका दुई घरमा पूर्ण तथा ४ घरमा आंशिक गरी ६ वटा घरमा क्षति पुगेको छ । बेलुका ७ बजे आगो लागेको थियो ।

आगलागीबाट बजारको काउली चोक नजिकका घरहरुमा क्षति भएको छ । आगोले सन्तोष राई र झमक थापाको घर पूर्ण तथा डम्बरबहादुर थापा, अर्जुन घिमिरे, लिलाबहादुर थापा र डिगबहादुर खड्काको घरमा आंशिक क्षति पुगेको सुन्दरमान डङ्गोलले जानकारी दिनुभएको छ ।

आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले तथा छिमेकी तेह्रथुमको लालिगुराँस नगरपालिका वसन्तपुरबाट आएको दमकलको सहयोगमा झण्डै तीन घण्टाको प्रयासमा गएराति नै निभाइएको छ । आगो ताप्न बालिएको कोइलाबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Advertisement

सम्बन्धित खबर