Tuesday Apr 21, 2026


रारा जाँंदै हुनुहुन्छ...यो यात्रा अनुभव पढ्नोस्

Image
२० फागुन २०७९, शनिवार
Avatar
AIuthor 5

नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए ।

राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्व बढ्दै गएको पुरानो किम्बदन्ती छ । समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेको छ ।

रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ । रारा ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ ।

तर, रारा ताल अवलोकनममा लागि विदेशी पर्यटकको खासै मन तान्न सकेको छैन । तर, आन्तरिक पर्यटकले पनि सिजनको बेला सहजै बासपाउने अवस्था छैन । रारा तालको छेउमै डाफे होटल लगायत दुई वटा मात्रै बास बस्ने ठाउँ छ । भएका होटलमा पनि प्रसस्त मात्रामा रुम छैन ।

होटलले आएका पाउनालाई पाल टाँगरे राख्ने गर्छ । रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुबै प्रयोग गर्न सकिन्छ । यही तालको पुरा आकृती हेर्नको लागि समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ । नेपालको सबै भन्दा ठूलो रारा तालमा जति बाह्य पर्यटकका आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । तर स्वदेशी पर्यटकको भने उल्लेखनीय रुपमा आगमन हुने गरेको छ ।

 कसरी जाने रारा

रारा जान अहिले हवाई तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ । आफ्नो सवारीमा सबैभन्दा बढीले अहिले मोटरसाइकल प्रयोग गर्ने गरेका छन् ।

हवाई मार्गबाट जादाँ भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिडेपछि रारा ताल पुगिन्छ । रारा सार्वजनिक सवारी प्रयोग गरेर पनि जान सक्ने भइसको छ । केही वर्ष अगाडीसम्म सुर्खेतबाट हिडेर १० दिनमा रारा पुगिन्थो ।

तर, अहिले रारा जान १० दिन हिड्न पर्ने अवस्था छैन । सार्वजनिक सवारीमा जानेका लागि काठमाडौंबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जाँन्छ ।

काठमाडौंबाट हिडेको करिब ३० देखि ३२ घन्टामा बसबाट जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ । जुम्लासदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन । सवारीमै जानेहरुले साना गाडी रिर्जव गर्नुपर्छ । तर, खलंगबाट सिन्जा उपत्याका हुँदै मुगु सदरमुकाम गमगडी जाने बस पाइन्छ । गमगडीबाट हिडेर चार पाँच घन्टाका रारा पुग्न सकिन्छ ।

खलंगाबाट जान आउनको २५ हजार रुपैयाँ गाडीले लिन्छ । तर, जुम्लाबाट हिडेर नै रारा जानका लागि दुई दिनको समय लाग्छ । यसबाहे पनि नेपालगञ्ज तथा सुर्खेतको विरेन्द्र नगरबाट पनि गाडी रिर्जब गरेर रारा ताल पुग्न सकिन्छ ।

सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्गहुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरबाट रारा तालको छेवैमा पुग्न सकिन्छ ।

त्यसका पनि फोरहव्हील गाडीमा सजिलै रारा ताल पुग्न सकिन्छ । हवाई मार्गबाट रारा पुग्ने भने दुई वटा विमानस्थल प्रयोग गर्न सकिन्छ । बाँकेको नेपालगञ्जस्थित राजा विमानस्थलबाट र सुर्खेतबाट मुगुको ताल्चासम्मका लागि उडान भरिएको हुन्छ ।

ताल्चा विमानस्थलमा उत्रिएपछि केही घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ । तर, काठमाडौंबाट नै हवाई यात्रा गर्नेहो भने दुई दिनमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट विहानको उडानमा नेपालगज्ज जाने । नेपालगज्जबाट फेरि ताल्चा विमानस्थल जान सकिन्छ ।

ताल्चाबाट भने दुई घन्टामा रारा पुग्न सकिन्छ । राराताल पुरै एक फन्को लगाएर एक रात राराका बसरे पनि भोलिपल्ट सहजै हवाई मार्गबाट काठमाडौं आइपुग्न सकिन्छ । हवाई मार्गले रारालाई नजिकै बनाइदिएको छ । तर, कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड तथा पाटन हर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन ।

रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सुदरमुकाम पुग्नु पर्छ । तर, जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घन्टाको हिडाइमा डाँफेलेक पुग्न सकिन्छ । डाँफे लेक पुग्दा बीचमा पानी खान पाइने ठाउँ छैन । आफैले पानी बोक्नु पर्छ ।

डाँफे लेकबाट जुम्लाको ठूला ठूला पाटन देख्न सकिन्छ । पाटनमा भेडा चरेको मनोरम दृष्यले खुट्टा दुखेको अनुभव नै हुँदैन । डाँफे लेकबाट करिब एक घन्टाको हिडाइमा जुम्लाको खालीचौर पाटन पुग्न सकिन्छ । जहाँ चिया नास्ताको लागि एक दुई वटा होटल मात्रै छ । जहाँ जडबुटी मसला चियाको स्वादमा चिया खान पाइन्छ ।

खालीचौरबाट बिस्तारै हिड्दै हिड्दै काभ्रा पुग्न सकिन्छ । काभ्रामा पडाडको डिस्कामा खोपिएको स–सना पुरानै शैलीका घरहरु हेर्न पाइन्छ । त्यहाँबाट एक घन्टाको पैदल यात्रापछि जुम्लाको चौथा भन्ने ठाउँमा पुगिन्छ । त्यहाँबाट पनि एक घन्टाको उकालो हिडेर जुम्लाकै भुलभुले पुगिन्छ । भुलभुलमा भने सवारी आवतजाव पनि राम्रै छ ।

भुलभुलपछि रारा राष्ट्रिय निकुन्जको चेक पोष्ट सुरु हुन्छ । चेकपोष्टबाट करिब एक सय मिटर अगाडी बढ्ने बित्तिकै दुईवटा बाटाहरु आउँछन । जहाँबाट गएपनि रारा पुग्न सकिन्छ । वायापट्टि लाग्दा अग्ला अग्ला डाडाँ पार गर्दै रारा पुग्न सकिनछ । तर, अर्कोबाटो लाग्दा भने झ्यारी भने ठाउँमा पुग्न सकिन्छ । झ्यारी पुग्न भने सहज बाटो छैन । जंगलको बाटो सिधै ओरालो झर्नु पर्छ । झ्यारीमा खाना नास्ताका लागि होटल पनि पाइन्छ । झ्यारीबाट भने करिब तीन घन्टाको यात्रा पछि रारा नजिकैको पाटनमा पुग्न सकिन्छ ।

रारा नजिकैको छातीमा फैलिएको घाँसेमैदान, कोणधारी हरियो वन, चारैतिर ठूलो चौर, माथि नीलो आकाश, उत्तरतर्फ लस्करै हिमशृंखला, झरना अनि चिसो सिरेटोसँगै लुकामारी खेलेका सेता बादलको घुम्टोमुनि मनोरम दृश्यले सबैको थकान भुलाइदिन्छ ।

रारा छेउमै पुग्दा पनि अझै ‘कस्तो होला रारा ताल ? ’ मनमा कौतुहलता चलिनै रहेको हुन्छ । सल्लाघारीको बीचबाट विशाल गोरेटो छ । जंगलभित्र छिर्न कठिन हुने बुट्टयानहरूका साथमा रूखका हाँगाहाँगासम्म फैलिएका सुकेका लेउहरू । झाडीका बीचमा आउने झ्याइँकिरीको आवाजसँगै जंगली संगीतले साउती गर्दछ । झन्डै ३० मिनेट पैदल हिँडेपछि एउटा नसोचेको दिव्य संसार आउँछ । त्यही हो रारा । त्यसमा पनि राराले फेर्ने विभिन्न रुपले पनि सबैको मन तानेको हुन्छ ।

खर्च कति
रारा घुम्न जाने सोचमा हुनुहुन्छ भने खर्च धेरै हुने गन्तव्यको रुपमा नलिदा हुन्छ । रारा जानको लागि सबैभन्दा सस्तो रुट छनौट गर्ने हो भने १७ हजारमै रारा पुगेर काठमाडौं आउन सकिन्छ ।

काठमाडौंबाट २७ सय रुपैयाँ बस भाडा लाग्छ । बाटोमा खाजा खानाका लागि एक हजार भए पुग्छ । जूम्ला सदरमुकाम बसाइका लागि एक हजार रुपैयाँका खाना सहित बास पाइन्छ । त्यहाँबाट रारातालसम्म हिडेर दुई दिनमा पुग्नका लागि तीन हजार रुपैयाँ भए पुग्छ ।

रारा तालका घोडा चढ्नदेखि एक रातको बसाइ र खानामा दुई हजारले पुग्छ । फेरि सोही रुटमा पर्कदा करिब १७ हजारमा काठमाडौ आइपुगिन्छ । होइन म फर्कदा हवाई यात्रा गर्छु भनेपनि कुनै बढी रकम लाग्दैन । किनकि ताल्चाबाट नेपालगञ्जको राजा विमानस्थल ४२ सय रुपैयाँमै आउन सकिन्छ । नेपालगन्जमा दूई हजारमा एक रात मज्जाले बिताएर काठमाडौं आइपुग्दा पनि १७ हजार भन्दा बढी खर्च हुँदैन । तर, नेपालगज्ज तथा सुर्खेत वा जुम्ला सदरमुकाम खलंगाबाट गाडी रिजर्भ गरेर जाँदा भने तीन हजार रुपैयाँसम्म बढी लाग्न सक्छ ।

रारा जान उपयुक्त समय कहिले
रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बरदेखि मार्च महिनासम्म १ मिटरसम्म हिउ पर्ने हुदाँ यहाँको तापक्रम शुन्य भन्दा पनि तल हुने भएकोले यो समयमा उपयुक्त हुँदैन । तालको पानी पनि जमेको जस्तो देखिन्छ । तर, नेपालीहरु दसैं तथा तिहारको बीचमा बढी घुम्न जाने गरेका छन् ।

ताल्चा–नेपालगन्ज उडान भर्ने जहाजले राराको फन्को लगाइदिन्छ । जसका कारण अवलोकनकर्ताले आकाशबाट पनि तालको मनोरम दृष्य कैद गर्न सक्छन् । आकाशबाट हेर्दा उपत्यका जस्तो लाग्ने राराको रंग गाढा निलो देखिन्छ । जेठदेखि आसोजसम्मको मौसममा बिभिन्न फूलहरू पहिरिएर स्वर्गकी अस्सरा झैं देखिने रारा तालको शोभा रारा निकुन्जमा पाइने कस्तुरी, रतुवा, डाँफेले बढाइदिएको छ ।

सिस्ने र कान्जिरोवा हिमाल रारामै आएर बस्दा त बर्णन गर्ने शब्द नै नभएको महशुस हुन्छ । । राराबाट पश्चिमतर्फ तीन घण्टा हिडेपछि पुगिने मुर्माटपबाट राराको मनोरम दृश्य सैपाल हिमालको अवलोकन गर्न पाइन्छ ।

यसैबीच मुगु जिल्लामा रारा भिलेज रिसोर्ट प्रालि सञ्चालनमा आएको छ । धार्मिक मान्यता अनुसार शुक्रबार पूजाआजा गरी रिसोर्ट सञ्चालनमा ल्याइएको हो । मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याएको जनाएका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना तथा बसोवासका लागि स्तरीय होटल निर्माण गरी पर्यटकका लागि सुविधा प्रदान गर्ने जरुरी रहेको विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ । स्थानीय जनतालाई समेत उनीहरुको जीवनस्तर एवं दैनिकीमा सुधार ल्याउन योगदान गर्ने लक्ष्य रहेको जनाइएको छ ।

रारा भिलेज रिसोर्ट प्रालिका अध्यक्ष अनुपविक्रम शाहले हाललाई ५ करोडको पुँंजीमा २० कोठाको हलसहित रिसोर्ट सञ्चालनमा ल्याइएको जनाए । मुगुको रारामा  २० रोपनी जग्गाको क्षेत्रफलमा रिसोर्ट रहेको अध्यक्ष शाहले जानकारी गराए । मगुको रारा ताललगायतको पर्यटन प्रबद्र्धन गरी स्थानीयको जीवनस्तरलाई उकास्न सहयोग पुयाउने उद्देश्यले रिसार्ट सञ्चालनमा ल्याएको उनले जनाए ।

रिसोर्ट सञ्चालकमध्येका एक इन्जिनियर कृष्णभक्त दुवालका अनुसार रारामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सख्या बर्षेनी उल्लेख्य रुपमा बढ्दै गएको तथ्यांक छ । यो क्रम अत्यधिक रुपले बृद्धि हुदै गएको पनि देखिन्छ । अत्यन्त मनोरम र प्राकृतिक दृष्यहरुले राराको भ्रमणलाई पटकपटक जान मन गर्ने भएकोले सख्या पनि उल्लेख्य देखिन्छ । विदेशी पर्यटकका लागि त यो लामो बसाईको रोजाइमा पर्ने स्थान पनि हो । यही विषयलाई मध्यनजर गरी रिसोर्ट सञ्चालनमा ल्याइएको उनले जनाए ।

रारा तालको भ्रमणमा जानेहरुलाई बसोवास र खानाका लागि हाल ताल किनारमा रहेका अस्थाई प्रकृतिका रहेका कारण पनि उपलव्ध सेवाहरु गुणस्तरीय र सुलभ हुन सकेका छैनन् भने पर्यटकका लागि आवश्यक अन्य सेवाहरु त शून्य प्राय रहेका छन् । बर्षेनी बढ्दो दरमा रहेका पर्यटकका लागि थप होटलको व्यवस्था आवश्यक भैसकेको छ । यही आवश्यकता र श्रृजित अवसरका कारण रारा भिलेज रिसोर्ट कम्पनीको सक्रियतामा रारातालवाट नजिकमा रहेको गाउँ मुर्माको कोट भन्ने स्थानसहित तीन ठाउँंमा होटल निर्माण गरी सेवा सुरु गरेको जनाइएको छ ।

नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्म रहेका विभिन्न पेशामा आबढ्व रहेकाहरुको लगानी लगाई एउटा सुशासित, पारदर्शी र नमूना होटल प्रारम्भ गर्ने योजना तथा कायक्रम रहेको सञ्चालकहरुले जनाएका छन् । सानो लगानीवाट प्रारम्भ गरी यसैको आम्दानीवाट क्रमश लगानी थप्दै जाने र बिस्तार गर्ने योजना यसको रहेको उनीहरुले जनाए । यसअघि रिसोर्ट भबनको बैशाख ६ गते शुक्रबार शिलान्यास गरिएको थियो ।

यो पनि पढ्नोस्

https://bagmatiraftar.com/news/pashacama-napalka-parayatanama-naya-kashadhaga-manasaravara-ra-khapatada



Advertisement

सम्बन्धित खबर