Tuesday Apr 21, 2026



खेलकुद

srticle.jpg

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

January 12, 2023
Avatar
नेपालि खबर
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । नाबालिग बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी गरेको आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका सन्दीपलाई अदालतले २० लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । क्रिकेटर सन्दीप लामिछानेका कानुनी सल्लाहकार अधिवक्ता सरोजकृष्ण घिमिरेका अनुसार अदालतले २० लाख धरौटी राखेर रिहा गर्न आदेश दिएको छ...