Thursday Sep 10, 2026


भारतमा उत्पादित खोकीका दुई औषधि प्रयोग नगर्न डब्लुएचओको सिफारिस

Image
२८ पुष २०७९, बिहिवार
Avatar
नेपालि खबर

काठमाडौं– विश्व स्वास्थ्य संगठन डब्लुएचओले भारतीय कम्पनी मरिन बायोटेकबाट उत्पादित दुई कफ सिरप खोकीका औषधिलाई प्रयोग नगर्न सिफारिस गरेको छ।

डब्लुएचओका अनुसार एम्ब्रोनल सिरप र डीओके(१ म्याक्स सिरप रोक लगाइएको हो। यी दुवै एउटा कम्पनीका उत्पादन हुन्। डब्लुएओले बुधबार सचेत गराउँदै मरिनबाट उपादित ती औषधिको गुणस्तर जाँचमा कमसल पाइएको जनाएको हो ।

डब्लुएचओले उक्त कफ सिरफको बिक्री रोक्न निर्देशन दिएको छ। उज्वेकिस्तानले ती कफ सिरवपको प्रयोगबाट १९ बालबालिकाको मृत्यु भएको आरोप लगाएको थियो। 

नोएडास्थित उक्त कम्पनीका ती उत्पादन जाँच गर्दा कमसल पाइएको हो। बुधबार उत्तर प्रदेशको खाद्य सुरक्षा एवं औषधि प्रशासनले मरिनको लाइसेन्स रद्द गरिदिएको छ।

Advertisement

सम्बन्धित खबर