काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी छ ।
सभामुखमा आज उमेदवारी दर्ताको समय रहेको छ । सभामुखमा उमेदवारी दिने कि नदिने भन्ने विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको छ ।
कांग्रेसमा अहिले सभामुखमा उमेदवारी दिने र नदिने दुवैथरीका मत रहेका छन् । सभामुखजस्तो पदमा विवाद नमिम्त्याउन सहमतिका साथ अघि बढ्नुपर्ने हुँदा नजित्ने अवस्थामा उमेदवारी दर्ता नगर्ने मत रहेको छ भने अर्को समूहले उमेदवारी कायमै राख्नुपर्ने बताउँदै आएको छ ।
सोही विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
यसअघी, आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् ।
देउवा निवास धुम्बाराहीमा छलफल भएको थियो । छलफलका बारेमा जसपाका अध्यक्ष यादवले केही भन्न चाहेनन् ।
“सामान्य छलफल भएको हो, अहिले छलफलका बारेमा केही भन्न मिल्दैन,” यादवले भने ।
सभामुखमा आज उमेदवारी दर्ताको समय रहेको छ । त्यसअघि देउवाले छलफललाई तीव्रता दिएका हुन् ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay