Wednesday Sep 09, 2026


माओवादी केन्द्रको स्थायी समिति बैठक आज: नेताहरुको जिम्मेवारी तोकिदै

Image
१९ माघ २०७९, बिहिवार
Avatar
नेपालि खबर

काठमाडौ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार बस्ने भएको छ।

बैठक केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा अपराह्न ४ बजे बस्ने पार्टीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।  

यसअघि बुधबारका लागि बोलाइएको बैठक पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो। 

बैठकले, राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने प्रस्ताव पारित गर्नुका साथै स्थायी कमिटीका सदस्यहरूको कार्यविभाजन गर्ने सचिव डिलाराम आचार्यले बताए । उनका अनुसार पूर्वसभामुख अग्नि सापकोटालाई पनि पार्टीमा भूमिका दिने विषयमा स्थायी कमिटीले निर्णय गर्नेछ । केही दिनदेखि जारी पार्टीको स्थायी कमिटी बैठकमा सापकोटा पनि उपस्थित हुँदै आएका छन् । 

गठबन्धनमा पछिल्लो समय देखिएको समस्या, सरकारमा पार्टीको भूमिकालगायतका समसामयिक विषयमा पनि बैठकमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।

Advertisement

सम्बन्धित खबर