काठमाडौं : हालसम्म मोटोपनलाई कुनै पनि रोगको श्रेणीमा राखिएको छैन। तर यो कुनै पनि रोगभन्दा कम होइन।
मोटोपनले उच्च रक्तचाप, मधुमेह जस्ता रोग निम्त्याउँछ। मोटोपनका कारण १३ प्रकारका क्यान्सर हुने खतरा अध्ययनमा देखिएको छ।
असन्तुलित खानपान र शारीरिक परिश्रम नगर्ने बानीका कारण मोटोपन विशेषागरी शहरी क्षेत्रमा ठूलो समस्या बनेको छ।
केही खानेकुरा र पेय पदार्थको दैनिक प्रयोगले मात्र पनि मोटोपनको समस्याबाट छुटकारा पाउन सकिन्छ।
सुन्तला
मोटोपनको समस्याबाट छुटकारा पाउन दैनिक सेवन गर्नुपर्ने खानेकुरा हो सुन्तला। सुन्तलामा अधिक मात्रामा भिटामिन सी पाइन्छ, जसले शरीरमा ‘मेटाबोलिजम’ बढाउँछ। यसको जुस पिउनाले बोसो छिटै घट्छ। दिनचर्यामा सुन्तला समावेश गर्नाले प्रतिरक्षा प्रणालीमा पनि सुधार आउँछ।
ग्रीन टी
ग्रीन टीमा क्याटेचिन पाइन्छ। यसले तौल घटाउने काम गर्छ। यसको फाइदा भनेको मेटाबोलिजम राम्रो हुन्छ। यसले मोटोपना घटाउन मद्दत गर्छ। अतिरिक्त क्यालोरीहरू नष्ट गर्छ। अनुहारमा चमक ल्याउँछ।
मेथी
मेथीको पानीले तौल घटाउन पनि मद्दत गर्छ। मेथीपानी हरेक दिन बिहान पिउन सकिन्छ। यसका लागि मेथीको दाना रातभर भिजाउने र बिहान दाना निकालेर पानी खाली पेटमा खाने गर्नाले पनि मोटोपनको समस्याबाट छुटकारा पाउन धेरै सहयोग पुग्छ।
कागती पानी
कागतीपानीले पाचन प्रणालीलाई ठीक गर्छ। यसले प्रतिरक्षा प्रणालीलाई बढाउँछ। यसले शरीरको अतिरिक्त क्यालोरी नष्ट गर्छ। कागतीमा एन्टिअक्सिडेन्ट र पेक्टिन फाइबर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ। यसले चाँडै बोसो घटाउँछ, जसले गर्दा तौल कम गर्न सहयोग पुग्छ।
दही
दहीमा ल्याक्टिक एसिड ब्यासिलस पाइन्छ। स्वस्थ ब्याक्टेरियाले पाचन सुधार गर्न मद्दत गर्दछ। यो आन्द्रा को लागl धेरै लाभदायक छ। गर्मीको मौसममा हरेक दिन दही सेवन गर्दा तौल घटाउन मद्दत गर्छ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay