Wednesday Sep 09, 2026


सर्वसाधारणको भिडमा राष्ट्रपति पौडेलको सवारी (तस्बिरसहित)

Image
६ चैत २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाण्डाै–राष्ट्रपति रामचन्द्र पौडेल कारगेड नलिइ काठमाण्डौको बसन्तपुरमा रहेकाे कुमारी घरमा पुग्नुभएको छ । राष्ट्रपति पौडेलले शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्नुभएको हो । कारगेडबिना नै उहाँले त्यहाँ पुगेर कुमारीको दर्शन गर्नुभयो । त्यसक्रममा सडकमा गुडीरहेका गाडीहरुलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन् ।

राष्ट्रपतिको कारगेडसहितको सुरक्षाका कारण सडकमा नागरिकले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेलले कारगेडबिना नै सवार हुनुभयो । राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उहाँको आलोचना गरिएको थियो ।

हेर्नुहाेस् तस्बिरमा :

 

 

Advertisement

सम्बन्धित खबर