Saturday Jun 06, 2026


मेक्सिकोको आप्रवासी नियन्त्रण केन्द्रमा आगलागी : ४० जनाको ज्यान गयो

Image
१५ चैत २०७९, बुधवार
Avatar
नेपालि खबर

एजेन्सी।अमेरिकी सीमा नजिकै पर्ने उत्तरी मेक्सिकोको एउटा आप्रवासी नियन्त्रण केन्द्रमा भएको आगलागीमा कम्तीमा ४० जनाको ज्यान गएको छ । घटनामा २८ जना घाइते भएका छन् ।


उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको मेक्सिकोको राष्ट्रिय आप्रवासन संस्थाले जनाएको छ । आगलागीका बेला केन्द्रमा मध्य र दक्षिण अमेरिकाका गरी ६८ जना आप्रवासी थिए । आगलागी भएको क्षेत्र आसपासमा मेक्सिको हुँदै अवैध रुपमा अमेरिका छिर्न चाहने अवसर खोजिरहेका आप्रवासी वा शरणका लागि आवेदन दिएर कुरिरहेका शरणार्थीका थुप्रै शिविर रहेको बीबीसीले जनाएको छ ।


मानव तस्करले जोखिमपूर्ण यात्रा गराउँदै विभिन्न देशका आप्रवासीलाई अवैध रुपमा अमेरिका प्रवेश गराउँदै आएका छन् । 

Advertisement

सम्बन्धित खबर