Saturday Jun 06, 2026


आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस: हरेक ३ मिनेटमा एउटा बालबालिका क्यान्सरकै कारण निधन

Image
३ फागुन २०७९, बुधवार
Avatar
नेपालि खबर

काठमाडौ । आज अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ तारिखमा बाल क्यान्सर दिवस मनाउने गरिएको छ ।

नेपालमा बर्सेनि २५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेका छन् । त्यसमध्ये एक हजार ५ सय बालबालिका रहने गरेका सरकारी तथ्याङ्क छ । बाल क्यान्सरको उपचारको पहुँचमा झण्डै एकतिहाइ बिरामी मात्रै पुग्ने गरेका डाक्टरले बताएका छन् ।

बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यस दिवस मनाउन सुरु गरिएको हो । यसका अलावा बाल्यकालमा क्यान्सर भएका बालबालिकाहरूका लागि सहयोग र साथ दिने हिसाबले पनि यस दिवसको रूपरेखा तयार गरिएको छ ।

अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवस बाल्यकालको क्यान्सरको बारेमा सचेतना जगाउन र क्यान्सर पीडित बालबालिका र किशोर किशोरीहरू, बाँचेकाहरू र उनीहरूका परिवारहरूका लागि समर्थन व्यक्त गर्न विश्वव्यापी सहयोगी अभियान हो।

के तपाईँलाई थाहा छ

 यस संसारमा हरेक ३ मिनेटमा एउटा बालबालिका क्यान्सरका कारणले मर्ने गरेको तथ्याकं छ ।

यसबाट पनि बालबालिकामा क्यान्सरको अवस्था कति भयानक छ भन्ने हामीले अन्दाज लगाउन सक्दछौँ ।

प्रत्येक वर्ष, ४००,००० भन्दा बढी बालबालिका र २० वर्ष मुनिका किशोरहरूलाई क्यान्सरको निदान गरिन्छ। यसरी क्यान्सर लागेका बालबालिका र किशोरकिशोरीहरुको बाँच्ने दर उनीहरू बस्ने देश र क्षेत्रमा निर्भर गर्दछ, धेरै जसो उच्च आय भएका देशहरूमा ८० प्रतिशत बाँच्ने सम्भावना र कम र मध्यम आय भएका देशहरूमा २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहेको तथ्याकं छ ।

डब्ल्यूएचओ ग्लोबल चाइल्डहुड क्यान्सर इनिसिएटिभको लक्ष्य लक्ष्य भनेको क्यान्सरसँग लडिरहेका बच्चाहरूको सबै पीडा र पीडालाई हटाउन र सन् २०३० सम्ममा विश्वभर क्यान्सरको निदान भएका सबै बालबालिका र किशोरकिशोरीहरुको लागि कम्तीमा ६० प्रतिशत बाँच्ने लक्ष्य हासिल गर्नु हो।

वर्ष २०२३ को अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवस को नारा चाहिँ ‘Better Survival’ is achievable #throughyourhands रहेको छ ।

हरेक वर्ष विश्वभर करिब २८०,००० जना १९ वर्ष मुनीका जनसख्याँमा क्यान्सर भएको पाइन्छ । अलिक उच्च आय भएका देशमा ८० प्रतिशत क्यान्सर भएका बालबालिकाहरूको उपचार सम्भव भएको तथ्य छ तर निम्न आय भएका देशहरूमा भनेँ केवल २० प्रतिशत हरू मात्र उपचार भएर निको हुने तथ्य छ ।

उपचारको पहुँचमा पुगेकामध्ये ८० देखि ९० प्रतिशतलाई निको पार्न सकिने पाटन अस्पतालमा कार्यरत बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर सुचारिका तुलाधरले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकामा हुने विशेष क्यान्सर भनेको रक्त क्यान्सर, आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन् ।

अन्य क्यान्सर सबै मानिसमा उस्तै हुने डाक्टर तुलाधरले बताउनुभयो । बालबालिकाको आँखाको नानीमा सेतो फुलो देखिए, शरीरमा विभिन्न किसिमका गाँठागुठी देखिए, लोमो समयसम्म ज्वरो निको नभए, वान्ता भए क्यान्सरको आशंका गर्न सकिन्छ ।

यस्ता लक्षण देखिनासाथ उपचारमा जान डाक्टरको सुझाव छ । क्यान्सरको उपचार नेपालमा नै सम्भव भएकाले नआत्तिन तर बेलैमा उपचारमा लैजान अभिभावकलाई डाक्टर सुचारिका तुलाधरको सुझाव छ । 

Advertisement

सम्बन्धित खबर