Saturday Jun 06, 2026


प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ?

Image
८ चैत २०७९, बुधवार
Avatar
नेपालि खबर

काठमाडौं।राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले मंगलबार केही युवामाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गरेकी छन् ।


प्रधानमन्त्री दाहाल ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा मंगलबार तीन युवाले बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । जसमा प्रहरीले युवाहरुको मुख थुनेर बोल्न दिएको थिएन भने उनीहरुलाई पक्राउ गरेको थियो । सोही विषयमा आज (बुधबार) सांसद पौड्यालले यसबारे सरकारको जवाफ माग गरेकी हुन् । उनले युवाहरु बोल्न खोजेका बेलामा प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याँकिरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि प्रहरीले ज्यादति गर्नुको कारण खोजेकी हुन् ।


उनले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै उहाँले मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन ? भन्दै प्रश्न गरिन् ।


‘हिजोदेखि सञ्चारजगत र सामाजिक सन्जालमा केही युवा बोल्न खोजेको र केही प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी न्याँकिरहेको देखिएको छ । लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौं । यी युवाहरुले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादति गरेको हो ? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ,’ उनले भनिन्, ‘प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ कि छैन ? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु ।’

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताको मुख थुन्ने भन्दा माग पुरा गराउन सुझाव दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङदेनले सो सुझाव दिएका हुन । 


‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ,’ लिङदेनले टविट गर्दैै भनेका छन, ‘अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्नन, जो तपाईं स्वयमलाई थाहा छ’उनले सामाजीक सञ्जालमा लेखेका छन् ।


मंगलबार एक सार्वजनिक कार्यक्रममा युवाहरुले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरेका थिए ।

Advertisement

सम्बन्धित खबर