Tuesday Apr 21, 2026


बागमतीमा एमालेले सरकार छाड्योः गण्डकीमा माओवादीको समर्थन फिर्ता

Image
१० चैत २०७९, शुक्रवार
Avatar
नेपालि खबर

वाग्मती रफ्तार। नेकपा एमाले बागमती प्रदेशबाट बाहिरिएको छ।


मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरिएको हो। 


एमालेका चार मन्त्रीहरुले सामूहिक रुपमा सरकारबाट बाहिरिने घोषणा गरे।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेशका अर्थमन्त्री एवम् एमाले संसदीय दलका नेता जगन्नाथा थपलियाले एमालेका मन्त्रीहरु सरकारबाट बाहिरिएको घोषणा गरेका हुन्। 


प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वास मत लिने कार्यसूचीमै एमालेले पनि सरकारबाट बाहिरिने घोषणा गरेको हो। 


बागमतीमा प्रदेश सभामा २७ प्रदेश सभा सदस्य रहेका थिए। जसमध्ये ४ जना मन्त्री थिए।

थपलियासहित एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकासमन्त्री थिए।


थपलिया पुस २६ गते अर्थ मन्त्रीमा नियुक्त भएका थिए। बाँकी तीन मन्त्रीहरु माघ ११ गते नियुक्त भएका थिए।


यस्तै अस्थिरता गण्डकीमा प्रदेशमा पनि सुरु भएको छ ।नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिन आज नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दैछ ।


संसदीय दलको बैठक बोलाइएको संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।


सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएको बताइएको छ । माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकी प्रदेश सभामा ८ सिटसहित तेस्रो दलको रुपमा रहेको माओवादी केन्द्र २ मन्त्रीसहित सरकारमा सहभागी छ ।

Advertisement

सम्बन्धित खबर