Wednesday Sep 09, 2026


माधव नेपालको अडान पछि गठबन्धनको बैठक निश्कर्षविहीनः ३ मन्त्रालय र एक मुख्यमन्त्रीमा दावी

Image
१५ चैत २०७९, बुधवार
Avatar
नेपालि खबर

काठमाडौं । आजै मन्त्रिमण्डल विस्तार गर्न भागबन्डा टुंग्याउने गरी छलफलमा जुटेको दश दलीय सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ । बेलुका ३ बजे बस्नेगरी नेताहरू बालुवाटारबाट बाहिरिएका छन् ।


बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत शीर्ष नेता निस्किएका हुन् ।


अन्य दलका नेता बाहिरिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वान टु वान वार्ता गरिरहेका छन् ।


हिजो पनि कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३-३ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो ।


अध्यक्ष नेपालले ३ मन्त्रालयको अडान नछाडेपछि प्रधानमन्त्री प्रचण्डले एक्लै छलफल थालेका हुन् । नेकपा एसले संघमा ३ रोजेको मन्त्रालय, एक प्रदेश सरकारको नेतृत्व र सबै प्रदेश सरकारमा आफ्नो सहभागिताको अडान राखेको छ । नेपाल सहित १० जना सांसद रहेको नेपालको दलमा बाँकी ९ जना सांसद मन्त्री नपाए पार्टी नै त्याग्ने चेतावनी दिएर मन्त्री बन्न लविङ गरिरहेकाले नेता नेपाललाई पार्टी एकता जोगाउन हम्मे हम्मे परेको हो ।

Advertisement

सम्बन्धित खबर