Wednesday Sep 09, 2026


सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन, तर सरकार अझै अपूर्ण

Image
१७ चैत २०७९, शुक्रवार
Avatar
नेपालि खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएकाले उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर उनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तर सरकारले अझै पूर्णता पाउन सकेन ।


प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।

दोस्रो पटक सत्ता साझेदार दल भित्र भएको सहमति बिपरित् फेरि पनि आफ्नो भागमा परेको उद्योग मन्त्रालयमा अर्कै मन्त्री नियुक्त गरेको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सरकार छाड्ने चेतावनी दिएको छ । यसअघी सिके राउत नेतृत्वको दललाई उद्योग मन्त्री सहित एक राज्यमन्त्री दिने समाचार सार्वजनीक भएको थियो । तर अहिले उक्त मन्त्रालय नेपाली कांग्रेसले लिएको छ ।


जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् ।


यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।


माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् ।


उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका छन् ।


नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् ।


सरकार अझै अपूर्ण


सातौं पटक पुनर्गठन गर्दा पनि प्रचण्ड सरकारले पूर्णता भने पाउन सकेन । अझै ५ मन्त्रालय प्रधानमन्त्रीसँग छ । किनकी ८ मन्त्रालय पाएको नेपाली कांग्रेसले ४ जनाको नाम दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी छ ।

Advertisement

सम्बन्धित खबर