Tuesday Apr 21, 2026


प्रधानमन्त्री प्रचण्डको विरोध गर्दै बानेश्वरमा नाराबाजी

Image
७ चैत २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

काठमाण्डौ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ।


मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८ औं अन्तरराष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा ३ जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन्।


एक युवाले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले आतंककारी प्रचण्ड मुर्दावाद भन्दै नारा लगाएका थिए। त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए।


दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जनाले ‘गरिबमारा प्रचण्ड मुर्दावाद’, ‘मूल्यवृद्धि खारेज गर्’, ‘नालायक सरकार होसियार’, ‘युवालाई मार्न पाइँदैन’‚ ‘यस्तो सरकार चाहिँदैन’, ‘७७ जिल्लाका युवा एक हौं’ भन्दै नाराबाजी गरेका थिए। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रमस्थलमा प्रधानमन्त्री प्रचण्ड पुगेका थिए। 


प्रधानमन्त्री प्रचण्ड कार्यक्रमस्थलमा जाँदै गर्दा उनकै अगाडि एक युवाले ‘बैंकको मिटर ब्याज मिनाहा गर्’ भन्दै नारा लगाएका थिए। ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो।

Advertisement

सम्बन्धित खबर