काठमाडौ । वारा निर्वाचन क्षेत्र नंवर २ मा हुने उपचुनावमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक आज बिहान १० बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको हो।
बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ। आन्तरिक भागबण्डा नमिल्दा सभापति शेरबहादुर देउवाले आफ्नो समूहका चार जनालाई मात्र सरकारमा पठाएपछि कांग्रेसको अर्को धार असन्तुष्ट छ । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाएको कोइराला समूह सम्मानजनक हिस्सेदारी नपाएको भन्दै सरकारमा सहभागी भएको छैन।
कांग्रेसले आजको बैठकमा बारा २ मा उम्मेदवारको बारेमा टुंगो लगाउने जनाइएको छ। कांग्रेसले तनहुँ १ र चितवन २ मा उम्मेदवारको टुंगो लगाइसकेको छ भने बारामा आफ्नै उम्मेदवार बनाउने कि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने भन्ने बारेमा टुंगो लगाउने छ । बारा २ मा सत्ता गठबन्धनबाट उपेन्द्र यादवलाई साझा उम्मेदवार बनाउने बारेमा छलफल भइरहेको छ।
Copyright ©2022 demonews. | Designed By TShubrat Upadhyay