Friday Jan 09, 2026


आज पाँचवटा प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

Image
२० चैत २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाडौं । आंशिक मौसम बदली भइ देशका पहाडी भूभागमा मेघगर्जन/चट्याङसहित हल्कादेखि क्षणिक वर्षा हुनेछ ।


जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव छ।



दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।


राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ।


भोलि (मंगलबार) पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।


बुधबार आंशिक बदली भइ देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षा हुने महाशाखाले जनाएको छ। 

Advertisement

सम्बन्धित खबर