Friday Jan 09, 2026


जाली तमसुक खारेज गर ! सुदखोरहरु होसियार !!

Image
२० चैत २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाण्डौं।सरकारले पहिले गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो भएको भन्दै मिटरब्याज पीडितहरू आन्दोलित भएका छन् । ११ दिनको पैदलयात्रापछि गत साता बर्दिबासबाट हिँडेर काठमाडौं आएका पीडितहरूसँग सरकारले गरेको सहमति पनि फितलो भएको भन्दै दबाब दिन मधेसका विभिन्न २० जिल्लाका पीडितहरू सोमबार काठमाडौं आइपुगेका हुन् ।




एक हजारभन्दा धेरै पीडितहरू आइतबार राति नै बसबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए । सरकारले आफ्ना माग पूरा नगरेसम्म घर नफर्किने भन्दै उनीहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । मिटरब्याज पीडितहरूले सोमबार दिउँसो भद्रकालीमा पुगेर प्रदर्शन गरेका छन् । र्‍यालीको क्रममा कतिपय किसानहरूले हलो लगायत कृषि सामग्रीहरू बोकेर प्रदर्शन गरिरहेका छन् । यस क्रममा उनीहरूले 'जाली तमसुक खारेज गर,' 'सबै सुदखोरहरूको सम्पत्ति छानबिन गर', 'किसानको भूमि फिर्ता गर' लगायतका नारा लगाएका छन् ।

Advertisement

सम्बन्धित खबर