Friday Jan 09, 2026


प्रहरी चौकीमा अलपत्र अरवौंका सवारी साधन (फोटो फिचर)

Image
२० चैत २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाडौं, चैत २० गते । उपत्यकाको विभिन्न ट्राफिक प्रहरी कार्यालय अगाडि राखिएका मोटरसाइकल तथा गाडीहरू अलपत्र हुने गरी राखिएका छन् । यसरी राखिएका सवारीसाधनमध्ये धेरै काम नलाग्ने अवस्थाका छन् । 


काठमाडौं उपत्यकाका तीन जिल्लाको ट्राफिक प्रहरी कार्यालयमा ट्राफिक प्रहरीले कारबाही गरेर ल्याएका ती सवारी साधनहरू सवारी धनीले लिन नआउँदा ती काम नलाग्ने स्थितिमामा पुगेका हुन्।


ट्राफिक प्रहरी कार्यालयले दैनिक रूपमा गर्ने चेकजाँचमा मापसे गरेका, सवारी कागजात नबोकेका, सवारी कागजात नभएका, दुर्घटनामा परेका सवारी साधन कारबाही स्वरूप  होल्डमा राख्ने गरिन्छ ।


होल्डमा भएका सवारी साधनलाई प्रक्रिया पूरा गरेर धेरैले फिर्ता लान्छन् । तर विभिन्न प्राविधिक कारणले केही मानिस यस्ता साधन फिर्ता लिनै आउँदैनन्, जसले गर्दा दिन प्रतिदिन ट्राफिक प्रहरी कार्यालय हातामा सवारीसाधनको चाङ बढ्दै गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।


सवारी साधन पुराना भएका, धेरै वर्ष कर नतिरेको, कतिपय सवारी धनीले डरले पनि लिन नआउने पाइएको उहाँले बताउनुभयो, ''जम्मा भएका लगभग दुई हजार १३ ओटा सवारी साधनमध्ये एक हजार सात सय जनालाई यातायातबाट विवरण लिएर लिन आउन खबर गर्दा जम्मा ९८ जना मात्र लिन आउनुभयो ।''


जम्मा भएका सवारी साधनलाई लिलामी वा नष्ट गर्नको लागि यातायात व्यवस्था विभागले नयाँ सवारी ऐनको प्रस्तावमा सो कुरा समावेश गरिएको छ


Advertisement

सम्बन्धित खबर