Wednesday Sep 09, 2026


बढ्यो अमेरिकी चासो, उपविदेशमन्त्री नुल्याण्ड फर्के लगत्तै दोस्रो उच्चस्तरीय भ्रमण तय

Image
१८ माघ २०७९, बुधवार
Avatar
नेपालि खबर

काठमाडौं । नेपालमा नयाँ सरकार बनेसँगै अमेरिकाबाट दोस्रो उच्चस्तरीय भ्रमण हुने भएको छ । अमेरिकी सरकारको मन्त्रीसरह मानिने अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर नेपाल आउने तय भएको विज्ञप्तिमार्फत जनाइएको छ ।

नियोगले बुधबार जारी गरेको विज्ञप्तिअनुसार पावर यसै साता नेपाल आउने तय भएको हो । अमेरिकाबाट मन्त्रीतहको भ्रमण २१ वर्षपछि हुन लागेको हो । सन् २००२ मा तत्कालीन बुश प्रशासनका विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गरेका थिए । त्यसबेला शेरवहादुर देउवा प्रधानमन्त्री थिए ।

पावल राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन् । यसै सातामात्र राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर उच्चस्तरीय राजनीतिक भेटघाट गरेकी थिइन् ।

राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड अमेरिका पुगे लगत्तै अर्को उच्चस्तरीय भ्रमण तय भएको हो ।
पावलले भ्रमणका क्रममा सबै पक्षहरूसँग भेटघाट र छलफल गर्ने यूसएआईडीले जनाएको छ । पावर २ वर्षदेखि यूएसएआईडीको प्रमुख छिन् ।

Advertisement

सम्बन्धित खबर