माओवादी पृष्ठभूमिका आठ दलले संयुक्त पत्रकार सम्मेलन गर्दै
२८ फागुन २०७९, आइतवार
नेपालि खबर
काठमाडौं । आज माओवादी पृष्ठभूमि भएका आठ दलले संयुक्त पत्रकार सम्मेलन गरेर द्धन्द्धकालीन घटनाका विषयमा साझा दृष्टिकोण सार्वजनीक गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले संयुक्त पत्रकार सम्मेलन दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा हुने र आठ कम्युनिष्ट घटकका शिर्ष नेता सहभागी हुने बताएका छन् ।
आठ दलले द्वन्द्वकालीन मुद्दाको निक्र्यौल गर्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ गर्दै शुक्रबार १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनेपछि माओवादी घटकका नेता एउटै मञ्चमा उभिएका हुन् ।