Saturday Jun 06, 2026


अत्यधिक गर्मीका कारण चिलीको जङ्गलमा भीषण डढेलो, १३ को मृत्यु

Image
२१ माघ २०७९, शनिवार
Avatar
नेपालि खबर

एजेन्सी । अत्यधिक गर्मीका कारण चिलीको जङ्गलमा डढेलो लागेको छ। आगलागीमा परी हालसम्म १३ जनाको मृत्यु भइसकेको छ। अधिकारीहरुका अनुसार आगो १४ हजार हेक्टर क्षेत्रफलसम्म फैलिएको छ।


राजधानी सान्टियागोबाट करिब पाँच सय किलोमिटर टाढा रहेको सान्ता जुआना सहरमा अग्नि नियन्त्रकसहित १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।


गृहमन्त्री क्यारोलिना तोहाले देशभर आगलागीका ३९ घटना भएको र सयौं घरमा क्षति पुगेको बताएका छन्। आपतकालीन सहयोगका लागि पुगेको हेलिकप्टर पनि लाअराउकानियामा दुर्घटनाग्रस्त भएको छ।

जसमा पाइलट र एक मेकानिकको मृत्यु भएको छ। बायोबायो र न्युबल क्षेत्रमा आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिइएको छ। आगो निभाउनका लागि अर्जेन्टिना र ब्राजिलका ६३ विमान परिचालन गरिएको अधिकारीहरुले बताएका छन्।

यी दुई क्षेत्रको कुल जनसङ्ख्या करिब २० लाख छ। न्यूबलको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्ने प्रक्षेपण गरिएको छ।

Advertisement

सम्बन्धित खबर