Saturday Jun 06, 2026


चीनले ७ प्रतिशत बढायो रक्षा बजेट: कयौँ राजनीतिक पदको जिम्मेवारी हेरफेर

Image
२२ फागुन २०७९, सोमवार
Avatar
नेपालि खबर

एजेन्सी ।चीनले आफ्नो रक्षा बजेट ७ प्रतिशतले वृद्धि गरेको छ। 


चिनियाँ जनकंग्रेसको नयाँ शत्र सुरु गर्दै प्रधानमन्त्री ली खछ्याङले सैन्य बजेट वृद्धिको घोषणा गरे। यही जनकंग्रेस अधिवेशनबाट बिदा हुन लागेका लीले चीनलाई घेराबन्दी गर्ने प्रयास भइरहेको भन्दै रक्षा बजेट उल्लेख्य रुपमा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए। 


चीनले प्रत्येक वर्ष रक्षा क्षेत्रमा दुई सय २५ अर्ब डलर खर्च गर्दै आएको छ। यो अमेरिकी रक्षा बजेटभन्दा झण्डै ४ गुणा कम हो। तर रक्षा बजेटमा हुने वृद्धि भने प्रत्येक वर्ष उल्लेख्य मात्रामा गर्दै आएको छ। चीनले यस पटक आर्थिक विकासको लक्ष ५ प्रतिशतमा सीमित गरेको छ। 


हिजो सुरु भएको जनकंग्रेसको अधिवेशनले गत अक्टोबरमा भएको चिनियाँ कम्युनिष्ट पार्टी सीसीपीको २०औँ नेशनल कंग्रेसका निर्णयहरु अनुमोदन गर्नेछ। 


रबर स्ट्याम्पका रुपमा रहेको जनकंग्रेसको बैठकपछि सीसीपीको निर्णयअनुसार कयौँ राजनीतिक पदहरुको जिम्मेवारी हेरफेर हुनेछ। सीसीपी बैठकले राष्ट्रपतिका रुपमा सी जिनपिङलाई नै अनुमोदन गरेको थियो भने अन्य कयौँ मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको थियो।

Advertisement

सम्बन्धित खबर