Saturday Jun 06, 2026


जर्मनीको ह्याम्बर्गमा गोली चल्यो, कयौँको मृत्यु

Image
२६ फागुन २०७९, शुक्रवार
Avatar
नेपालि खबर

काठमाडौं : जर्मनीको ह्याम्बर्गमा भएको बन्दुक आक्रमणमा कैयौँ मानिस मारिएका छन्।


‘जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चलेको हो। गोली चलाउनेको ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ। सात जनाको ज्यान गएको र ती मृतकमध्येमा बन्दुकधारी पनि रहे वा नरहेको प्रस्ट भइनसकेको जर्मन सञ्चार माध्यमले जनाएका छन्। 


ह्याम्बर्गकै अर्को स्थान ग्रस ब्रोस्टलमा भएको गोली प्रहारमा पनि केही मानिसहरू घाइते भएका छन्। घटनामा घाइते भएकाहरूलाई अस्पताल लगिएको बताइए पनि घाइतेहरूको सङ्ख्या र उनीहरूको अवस्थाबारे विवरण सार्वजनिक भएका छैनन्।


स्थानीयले राति नौ बजे चर्चमा गोली चलेको प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीले कारबाही गरिरहेको जनाएको छ। र, कारबाही नसकिएसम्म घरबाट बाहिर ननिस्किन भनेको छ।


ह्याम्बर्गका आन्तरिक मामिला मन्त्री एन्डी ग्रोटले ट्विट गर्दै प्रहरीको विशेष फौज र ठूलो सङ्ख्यामा अधिकारीहरू घटनास्थलमा परिचालन गरिएको बताएका छन्। प्रहरीले सर्वसाधारणलाई घटनाको अनुमानबारे सार्वजनिक अभिव्यक्ति नदिन र हल्ला नफैलाउन अपिल गरेको छ।


‘जहोभस विटनेसेस’ इसाई धार्मिक अभियानकर्मीहरू हुन्। न्यूयोर्कमा मुख्यालय रहेको यो अभियानको स्थापना १९औँ शताब्दीको अन्त्यतिर अमेरिकामा भएको थियो।

Advertisement

सम्बन्धित खबर