Thursday Sep 10, 2026


परिवर्तन उल्ट्याएर माओवादीलाई घेरा हाल्ने कसरतः प्रचण्ड

Image
२९ फागुन २०७९, सोमवार
Avatar
नेपालि खबर

काठमाण्डाै–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाे भन्दै सबै सचेत हुन आवश्यक रहेको बताउनुभएको छ ।


सोमवार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको छैटौँ राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले पनि एकथरी मानिसहरू गणतन्त्रलाई,समावेशी समानुपातिक मान्यतालाई, देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्यत रहेको दाबी गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘अहिले पनि एकथरी मानिसहरू यो गणतन्त्रलाई, यो समावेशी समानुपातिक मान्यतालाई, यो देशका सबै उत्पीडित वर्ग, समुदायले पाएको अधिकारलाई खोस्न उद्यत छन् । अहिले पनि घेरा हाल्ने र परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेको छ । देश र नागरिकप्रति इमानदार भइरहेसम्म इतिहास साच्ची छ हामीलाई दुनियाँको कुनै शक्तिले हामीलाई हराउन सक्दैन, उनीहरू नै हार्नेछन् ।’


प्रधानमन्त्री प्रचण्डले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षर कर्ता वा नेतृत्वकर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल नहुने दाबी गर्नुभयो । उहाँले विस्तृत शान्ति सम्झौतामाथि आफूविरुद्ध मुद्दा दर्ता हुँदा तरङ्ग पैदा भए पनि माओवादीलाई भने एकताबद्ध हुन मद्दत पुगेको बताउनु भयो । उहाँले मुद्दा दर्तासम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रूपमा लिएको बताउनु भयो । उहाँले अदालतको फैसला पनि शान्ति सम्झौताभन्दा बाहिर नगएकाले चिन्तित हुनुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।


कार्यक्रममा बाेल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीय शिक्षा ऐन यही सदनमा प्रस्तुत गरी चाँडै पारित गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

Advertisement

सम्बन्धित खबर