Thursday Sep 10, 2026


८ मन्त्रालयमा कांग्रेसको दावी, आरजुलाई परराष्ट्र मन्त्री बनाउने रणनीति

Image
३० फागुन २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चैत दोस्रो साता मात्रै पूर्णता पाउने भएको छ । अहिलेको सत्ता गठबन्धनमा १० दलको समर्थन रहेकाले  तत्काल मन्त्रालय बाँडफाँटमा समस्या परेको हो । 

नेताहरुका अनुसार अहिले नेपाली कांग्रेसले संसदमा रहेको प्रतिनिधित्वका आधारमा आफुले यसअघि नेकपा एमालेले सम्हालेका मन्त्रालय सबै पाउनु पर्ने दावी गरिरहेको छ । गत पुस १० गते गठन भएको प्रचण्ड नेतृत्वको सरकारमा एमालेले अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमिसुधार, महिला बालबालिका र कृषि मन्त्रालयहरु सम्हालेको थियो । यी सबै महत्वपूर्ण मन्त्रालय कांग्रेसलाई सुम्पंदा बाँकी दललाई भागबण्डा नमिल्ने देखिएपछि प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद्लाई पुर्णता दिने रणनीति लिएका हुन् ।

राष्ट्रपतिको निर्वाचनका लागि प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितका सत्तापक्ष र प्रतिपक्षमा रहेका दलहरुसँग नयाँ समीकरण बनाएपछि एमालेले फागुन १५ गते आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएपछि अहिले ति सबै मन्त्रलय नेतृत्वविहिन छन् । राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धन बनेपछि राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि फागुन १३ गते आफ्ना मन्त्रीहरु फिर्ता बोलाएको थियो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारबाट बाहिरिई सकेकोको अवस्थामा अहिलेको सत्ता गठबन्धनमा गृहमन्त्रालय कसले सम्हाल्ने भन्ने अर्को विवाद छ ।

राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्री तथा रास्वपाका २ मन्त्री र १ राज्यमन्त्री थिए । सरकार गठनको सुरुवातमा रास्वपाले गृह मन्त्रालय पनि पाएको थियो । तर, गृहमन्त्री रवि लामिछानेले नागरिकता सम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको फैसलापछि राजीनामा दिएका थिए । अहिले पनि रास्वपाले सरकारलाई दिएको समर्थन कायम राखेर राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत हालेको अवस्था छ ।

यही गठबन्धन भित्र पेचीलो बनिरहेको भागबण्डाको समस्याका कारण प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिन खोजेका हुन् । यसअघी सरकारलले विश्वासको मत पाएपछि बिकसित घटनाक्रमसँगै एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएका थिए । अहिले खाली भएका १३ र त्यसअघि नै नेतृत्वविहिन रहेको अरु ३ मन्त्रालय प्रधानमन्त्री कै मातहतमा छ ।

अहिलको गठबन्धन भित्र रास्वपाका अध्यक्ष रवी लामिछानेले सम्हालेको गृह माओवादी केन्द्रसँग राखेर एमालेले सम्हालेका ८ मन्त्रालय कांग्रेसलाई दिने र बाँकी रहेका मन्त्रालयहरु अन्य साना दललाई दिने तयारी भईरहेको छ । तर सबैलाई भाग पुग्न कठिन छ । यसको असर, मन्त्रीमण्डलको आकार ठूलो हुनसक्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताहरु, प्रधानमन्त्री मातहत रहेका १६ मन्त्रालयमध्ये ८ कांग्रेसले र १ माओवादीले राखेर बाँकी रहेका मन्त्रालय अन्य दललाई दिने तयारी भइरहेको बताई रहेका छन् । जस अनुसार प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा सम्पन्न राष्ट्रपति निर्वाचनका लागि एक ठाउँमा उभिएका १० वटै दललाई सरकारमा सहभागी गराउन खोजेका छन् । 

राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी एक ठाउँमा उभिएका थिए। रास्वपाले भने अघोषित रुपमा ७ दलीय गठबन्धनका उम्मेदवारलाई सघाएको थियो ।

‘कांग्रेसलाई एमालेले राजीनामा दिएका आठ मन्त्रालय दिएर माओवादीले ५ मन्त्रालय लिने र बाँकी रहेका मन्त्रालयहरु अरु दलहरुलाई दिने तयारी भइरहेको छ,’ ती नेताले भने । अहिले माओवादीले प्रधानमन्त्रीबाहेक ४ मन्त्रालय सम्हालिरहेको छ । 

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, रेखा शर्मा सूचना प्रविधि तथा सञ्चारमन्त्री, सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा समान्य प्रशासनमन्त्री र सुशीला श्रीपाली ठकुरी पर्यटन राज्यमन्त्री छन् । 

पूर्णबहादुर र प्रकाशमानमध्ये एकले नेतृत्व गर्ने

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य प्रकाशमान सिंहमध्ये एक जनाले पार्टीको नेतृत्व गर्ने सम्भावना छ । सभापति देउवानिकट नेताहरु उपसभापति खड्काले चाहना राखेको अवस्थामा उनले नै सरकारमा पार्टीको नेतृत्व गर्ने बताउँछन् । 


‘सिनियर उपसभापति भएका कारण पूर्ण दाइ स्वाभाविक दाबेदार हुनुहुन्छ । तर, उहाँले सुर्खेत पुगेर मन्त्री नबन्ने अभिव्यक्ति दिनुभयो,’ एक नेता भन्छन्, ‘उहाँ इच्छुक नभएको अवस्थामा सभापतिले पठाए नेतृत्व गरेर जान त अरुअरु पनि तयार हुनुहुन्छ ।’ यो अवस्थामा केन्द्रीय सदस्यहरु विलेन्द्र निधि र प्रकाशमान सिंहले सरकारको नेृत्व लिन सक्छन् । यसका लागि नेताहरुको दौडधुप चलिरहेको छ । 

निधिले पनि पार्टीका तर्फबाट सरकारको नेतृत्व लिन खोजिरहेका छन् । पार्टीको नेतृत्व गरेर जाने अवस्था नदेखिए पूर्वउपसभापतिसमेत रहेका निधि मन्त्री मात्रै नबन्ने कांग्रेस नेताहरुको बुझाई छ । त्यस्तै, उपसभापति र महामन्त्रीको दायित्व निर्वाह गरिसकेका नेता प्रकाशमान सिंहको नेतृत्वमा पनि कांग्रेस सरकारमा सहभागी हुने सम्भावना छ ।

सिंह र निधीले साथ दिए कै कारण १४ औं महाधिवेशनमा अन्तिम प्रतिश्पर्धामा शेर वहादुर देउवा पार्टी सभापति बनेका थिए, देउवाले त्यसको गुन तिर्न सक्छन् । ‘मन्त्रालय र मन्त्री को–को बन्ने भन्नेबारे छलफल भएको छैन,’ ‘यसबारे सभापतिले आन्तरिक तयारी गरिसक्नुभएको छ, ति नेताले भने कांग्रेस सरकारमा जाँदा केन्द्रीय सदस्य डा. शेखर कोइरालाको नेतृत्वमा जानु पर्छ भन्ने संस्थापन इतर समूहको दवाव पनि छ ।  

परराष्ट्रमा आरजुको चर्चा

नेपाली कांग्रेसका नेताहरु पार्टीका तर्फबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने अनुहारका बारे छलफल नै सुरु नभएको बताई रहेका छन् । तर एउटा धारले  सम्भावित मन्त्रीहरुको सुचीमा डाक्टर आरजु राणाको चर्चा चलाउन थालेका छन् । देउवाले संस्थापन ईत्तरका नेतालाई राष्ट्रपति बनाएको, पछिल्लो चुनावमा कांग्रेसले यत्रो सफलता पाएको तर आफु तत्काल सरकारको नेतृत्वमा रहने अवस्था नरहेकाले, देउवाले पत्नी आरजु देउवालाई मन्त्री बनाउन सक्ने संकेत गरिरहेका छन्, एक नेताले भने परराष्ट्रमन्त्रीमा प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवाको सम्भावना बलियो छ । यस बाहेक कांग्रेसबाट मोहनबहादुर बस्नेत, एनपी साउद, सीता गुरुङ तथा डा. प्रकाशशरण महत समेत मन्त्री बन्ने दौडधुपमा लागेका छन् । 


Advertisement

सम्बन्धित खबर