Tuesday Apr 21, 2026


सत्ता गठबन्धनको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

Image
२३ चैत २०७९, बिहिवार
Avatar
नेपालि खबर

काठमाडौं । १० दलीय सत्ता गठबन्धनले बिहीबार साँझ ५ बजे सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।


गठबन्धनमा सहभागी १० दलहरुले सरकारको नीति तथा कार्यक्रम बिहीबार साँझ ५ बजे सार्वजनिक गर्न लागेका हुन् ।


नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।


बिहीबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र शुक्रबारसम्म पूर्ण मन्त्रिपरिषद्को बिस्तार गरी देश विकासका कामहरु तिब्र गतिमा अघि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताइसक्नुभएको छ ।

Advertisement

सम्बन्धित खबर