Tuesday Apr 21, 2026


बाघको आक्रमणबाट ४ वर्षमा बर्दियामा १३ जनाको मृत्यु

Image
२३ चैत २०७९, बिहिवार
Avatar
नेपालि खबर

बर्दिया । अन्तर्राष्ट्रिय जैविक मार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै भारतको कतर-नियाघाट जोडिने बर्दियाको खाता जैविक मार्गमा बाघको ओहोरदोहोर बाक्लिएको छ । यस क्षेत्रमा चार वर्षयता बाघको आक्रमणमा १३ जनाको ज्यान गएपछि निकुञ्ज आसपासका बासिन्दा त्रसित छन् ।


दुई साता अघि जैविक मार्गमा एकै दिन दुई महिलालाई बाघले आक्रमण गर्‍यो । उनीहरुको ज्यानै गयो । ७७ साल कात्तिक ११ गते मधुवन नगरपालिका - ३ धनौरास्थित बेलझुण्डी सामुदायिक वनमा च्याउ टिप्न गएका श्रीमान रमेश थारुलाई बाघले आक्रमण गरी मारेको थियो । सोही दिन रमेशलाई खोज्न वनमा गएका भाइ २८ वर्षीय दिनेश चौधरीलाई पनि बाघले मार्‍यो । एउटै परिवारका दुई सदस्यको एकै दिन बाघको आक्रमणले ज्यान गुमाएपछि रमेशकी पूजा थारुको परिवारमा ब्रजपातनै भयो ।


यहााका मानिस वनमा घास,दाउरा लिन जानु पर्ने भएकोले बाघको आक्रमणको उच्च जोखिममा छन् । जैविकमार्गमा निरन्तर बाघ, हात्तीको आक्रमणमा ठूलो धनजनको क्षति पुराउँदै आएपनि सरकारी निकायले उनीहरुको सुरक्षामा चासो देखाएको छैन ।


समयमै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गरिएन भने यस्ले ठूलो समस्या नल्याउला भन्न नसकिने भएकोले बेलैमा समस्याको समाधान गर्न जरुरी छ ।

Advertisement

सम्बन्धित खबर