Saturday Jun 06, 2026


मन्त्रिपरिषद् बैठक बस्दैः आईजीपीको नियुक्ति आजै

Image
१० चैत २०७९, शुक्रवार
Avatar
नेपालि खबर

काठमाडौं । शुक्रबार अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ ।  


सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बस्ने सो बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति हुने जनाइएको छ । 


आज (शुक्रबार) बाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदैछन् । उनको अवकाशसँगै ५ जना एआईजीहरुको आईजीपी बन्न प्रतिस्पर्धा छ । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदका दाबेदार छन् । 


आईजीपीको दौडमा कुँवर र ज्ञवालीबीच प्रतिस्पर्धा छ ।

Advertisement

सम्बन्धित खबर