Wednesday Sep 09, 2026


जनयुद्ध दिवसमा बिदा दिने सरकारको निर्णय बदर गरिपाऊँ भनी परेको रिट सर्वोच्चले दर्ता गरेन

Image
१४ चैत २०७९, मङ्गलवार
Avatar
नेपालि खबर

काठमाडौं । फागुन १ लाई जनयुद्ध दिवस मनाउन सरकारले गरेको निर्णय बदर गरिपाऊँ भनी परेको रिटलाई  सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ ।


आगामी वर्षदेखि जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने र २०८० सालको क्यालेन्डरमै जनयुद्ध दिवसलाई सार्वजनिक अंकित गर्ने जस्ता कार्य नगर्नू/नगराउनू भन्ने आशयको रिट निवेदन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयविरुद्ध परेको थियो ।


सर्वोच्चले भने कहिले बिदा दिने वा नदिने, कुन दिवस वा उत्सव मनाउने वा नमनाउने भन्ने जस्ता नीतिगत निर्णय  राज्यको कार्यकारी निकायबाट हुने र अदालतबाट त्यस्तो विषयको न्याय निरूपण नहुने भन्दै उक्त  रिट निवेदन दर्ता गर्न नमिलेको जनाएको छ ।

सर्वोच्चबाट भएको आदेश यस्तो छ-

Advertisement

सम्बन्धित खबर